• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

प्रधानमन्त्रीलाई कालो झण्डा देखाउनेलाई अभद्र ब्यवहारमा मुद्दा

बुटवल । बुटवल स्थीत जितगढी किल्लामा प्रधानमन्त्री केपी शर्मा ओलिलाई कालो झण्डा देखाउने रुद्रप्रसाद घिमिरेलाई प्रहरीले अभद्र ब्यवहारमा मुद्दा चलाएको छ । तत्कालीन अंग्रेजलाई दुई सय वर्षअघि पराजित गरेको खुशियालीमा शनिवार बुटवलमा मनाइएको जितगढी विजय उत्सव समारोहमा सहभागि प्रधानमन्त्री ओलिलाई घिमिरेले कालो झण्डा देखाएका थिए । 

कालो झण्डा देखाएपछि शनिवार पक्राउ परेका घिमिरेलाई आइतवार म्याद थप गरी मुद्दा चलाइएको इलाका प्हरी कार्यालय बुटवलका प्रमुख डीएसपी डिलवहादुर मल्लले बताए । अभद्र ब्यवहारमा जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरिएको छ । 

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदयवहादुर रानाले अभद्र ब्यवहारमा लागेको मुद्दामा कानुनमा उल्लेख भए वमोजिमको सजाय हुने बताए । प्रधानमन्त्री ओलिले सम्वोधन गरिरहदा घिमिरेले मेरो देश प्रण भन्दा प्यारो छ, उजिरसिंह जिन्दावाद भन्दै कालो झण्डा देखाएका थिए । 

कार्यक्रम स्थलमा नेपाली सेनासहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, अनुसन्धानका सुरक्षाकर्मी तथा स्वयसेवकहरु ठूलो मात्रामा परिचालन गरिएको अवस्थामा उनले कालो झण्डा देखाएका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर