• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

श्रीलंकामा सामाजिक सञ्जाल प्रतिबन्ध !

तस्बिर : वेभ

एजेन्सी । श्रीलंका सरकारले सोमबारदेखि फेसबुक, ह्वाट्सएप जस्ता सन्देश पठाउन मिल्ने विभिन्न सामाजिक सञ्जाल एप्सहरु माथि अस्थायी रुपमा प्रतिबन्ध लगाएको छ ।

देशमा फेरि हिंसा नफैलियोस् भनेर सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाइएको श्रींलकाली अधिकारीले जनाएका छन् । गत महिनामा इस्टर पर्वमा भएको सिलसिलाबद्ध बम विस्फोटपछि श्रीलंकामा मस्जिद र मुस्लिम समुदायबीच दंगा भड्काउने सामाग्री पोस्ट हुने थालेको महशुस भएपछि यस्तो कदम उठाइएको उनीहरुको भनाई छ । 

फेसबुकमा सुरु भएको एक विवादलाई लिएर आइतबार क्रिस्टियन समूहले एक व्यक्तिमाथि कुटपिट गरेको, दर्जनौं व्यक्तिले मस्जिद र मुस्लिम समुदायको पसलमा  ढुंगा प्रहार गरेको प्रहरी स्रोतलाई उद्धृत गर्दै अलजेजिराले बताएको छ ।

फेसबुकमा विवादस्पद स्टाटस पोस्ट गर्ने ३८ वर्षीय अब्दुल हमीद मोहम्मद हसमरलाई गिरफ्तार गरिएको अधिकारीहरुले बताएका छन् । ती आरोपी व्यक्तिले लेखेका थिए, ‘एक दिन तिमीहरु रुनेछौ’ । यही पोस्टका कारण हिंसा भड्किएको बताइएको छ । 

गएको २१ अप्रिल इस्टर पर्वमा भएको बम विस्फोटमा दुई सय पचास जनाले ज्यान गुमाएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर