• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

न्युजिल्याण्ड गोली काण्डपछि परिवर्तन भयो फेसबुकको ‘लाइभस्ट्रिम’ नियम

तस्बिर : वेभ

सान फ्रान्सिस्को । फेसबुकले बुधबार क्राइस्टचर्च नरसंहार जस्ता घटनाहरुको पनुरावृत्ति नहोस् भनेर ‘लाइभस्ट्रिमिङ’ फिचरमा केही कडाई गर्न गइरहेको बताएको छ, जसले गर्दा ग्राफिक भिडियोलाई नियन्त्रित तरिकाले पोस्ट हुनबाट रोक्न सकियोस् । 

जुन प्रयोगकर्ताले नियम तोडेका छन्, उनीमाथि फेसबुक लाइभ स्ट्रिमिङ फिचर प्रयोग गर्न प्रतिबन्ध लगाइने फेसबुकमा ‘इन्टिग्रिटी’का भिपी वाय रोसेनले बताए । 

‘न्यूजिल्याण्डमा हालै भएको भयाभह आतंकवादी आक्रमणपछि हाम्रो सेवाहरुलाई सिमित गर्न सकियोस् भनी हामी हर सम्भव प्रयास गरिरहेका छौँ, जसको प्रयोगले कसैलाई पनि नोक्सा पुग्ने वा हिंसा फैलन नसकोस्’, रोसेनले एक बयानमा बताएका छन् । 

फेसबुकमा लाइभ स्ट्रिमिङमा ‘वन स्ट्राइक’ नीति थुप्रै उल्लंघनलाई लिएर लागु गरिने छ भने उक्त नीतिहरुको उल्लंघन गर्नेलाई एक उल्लंघन गरे लगत्तै लाइभ स्ट्रिमिङ फिचरका लागि प्रतिबन्ध गर्ने फेसबुकले जनाएको छ । 

कुनै सन्दर्भ बिना नै कुनै पनि आतंकवादी संगठनको बयानको लिंक सेयर गर्नु पनि यी उल्लंघनको सुचीमा पर्ने रोसेनले बताए । ‘न्यूजिल्याण्ड आक्रमणपछि हामीले जुन चुनौतीहरुको सामना गर्यौ, त्यसमा एक चुनौँती आक्रमणको भिडियोको विभिन्न प्रारुपलाई प्रचार थियो’, रोसेनले भने, ‘मानिसले भिडियो सम्पादित भर्जन सेयर गरे, जसका करण हाम्रो प्रणालीद्धारा उनीहरुलाई रोक्न असम्भव बन्न पुग्यो । यद्यपि, यो जानेर–बुझेर नै गरिएको हो ।’

फेसबुकले भिडियो विश्लेषण प्रविधिमा सुधार गर्नका लागि अमेरिकाको तीन विश्वविद्यालयहरुसँग अध्ययन साझेदारीमा ७५ लाख डलर खर्च गरिरहेको आफ्नो घोषणामा बताएको छ ।यद्यपि, फेसबुकले सबै नीति नियमका बारेमा भने खुलाएको छैन । एजेन्सी

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर