• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

केही समयभित्रै विद्युत निर्यात गर्ने अवस्थामा पुग्दैछौं : कुलमान घिसिङ (अन्तर्वार्ता)

काठमाडौं । नेपाल विद्युत प्राधीकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अबको केही समयमा नै नेपालमा उत्पादित विद्युत खपत बढाउनुपर्ने स्थिती आउने बताएका छन् । 

भारतबाट आयात गरेर विद्युत उपभोग गरेको अवस्थामा निर्देशक घिसिङले आगामी वर्षभित्रै स्वदेशमा उत्पादित विद्युतको उपभोग गर्न जलविद्युत खपतको बढाउनुपर्ने बताए । निर्माणाधीन जलविद्युत आयोजनाको निर्माण सकिने र राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएकाले विद्युत उत्पादन बढ्ने बताए । 

'माथिल्लो तामाकोशी लगायतका आयोजना निर्माण सम्पन्न भएपछि करिब एक हजार मेगावाट बिजुली थप हुन्छ ।' उनले भने, 'त्यो अवस्थामा वेट सिजनमा केही मात्रामा विद्युत आयात गर्ने स्थिती रहे पनि वर्षाको समयमा विद्युत खेर जाने अवस्था हुन्छ । विजुली निर्यात गर्न सक्ने अवस्थामा पुग्छौं ।' 

निर्देशक घिसिङले वर्षामा बढी भएको बिजुली निर्यात गर्न र हिउँदमा अपुग बिजुली आयात गर्न भारतसँग इनर्जी बैंकिङको कुरा अघि बढाइएको बताए । 

उनले विगतमा आयातित बिजुली मात्रै लोडसेडिङ घट्यो भन्नु सत्य नभएको पनि प्रस्ट पारे । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर