• २०८१ बैशाख २६ बुधबार
  • Wednesday, 8 May, 2024

मुटुको शल्यक्रिया चलिरहेका बेला एक्कासी आगो लागेपछि...

सांकेतिक तस्विर

एजेन्सी । हामीलाई सबैलाई थाहा छ, मुटुको शल्यक्रिया चुनौतीपूर्ण र जोखिम युक्त हुन्छ । तर, शल्यक्रियाका दौरान त्यहिमाथि आगलागी हुने घटना हामीले कहिल्यै नसोचेको हुनसक्छ ।  

सन् २०१८ को अगस्टमा अष्ट्रेलियाको मेलबर्नमा यस्तै एक अनौठो चिकित्सा घटना भएको छ, जसले कल्पनै नगरिएको जोखिम निम्त्याउन सक्थ्यो । 

एक ६० वर्षीय मानिसको मुटुबाट रगत शरीरका अरु भागमा लैजाने धमनीको शल्यक्रिया भइरहेका बेला अकश्मात आगलागी भएको थियो । क्रोनिक अबस्ट्रकटिभ पल्मोनरी डिजिज (सिओपिडी)बाट ग्रशित रहेका ती व्यक्तिको एक वर्षअघि मुटुको बाइपास शल्यक्रिया भएको थियो ।

शल्यक्रियाको क्रममा डाक्टरले उनको एउटा फोक्सो छातीको हड्डीमा अड्किएको र त्यसले गर्दा ग्यास जम्मा भएको बेलुन जस्तो बनेको देखे । शल्यचिकित्सकले एउटा बेलुन जस्तोलाई पङ्चर गरे, जसका कारण ग्यास लिक भयो ।

बिरामीलाई स्वासप्रस्वासमा समस्या नहोस् भनेर अक्सिजनको मात्रा बढाए । अक्सिजन लिक हुँदा ड्राइ सर्जिकल प्याकमा आगलागी भयो । एक इलेक्टोक्युटी डिभाइस(रगत बग्नबाट रोक्ने यन्त्र)बाट निक्लिरहेको आगोको झिल्काले बिरामीको छातीमा राखिएको एक सुख्खा सर्जिकल प्याकलाई जलाएको थियो । 

यद्यपि, डाक्टरले तत्कालै आगो हटाएर शल्यक्रिया निरन्तरता दिए र सफल शल्यक्रिया गरे । यसै साता अस्ट्रियामा भएको ‘युरोअनास्थेसिया बैठक’का दौरान चिकित्सक रुथ सेलरले यस घटनाबारे विस्तृत विवरण पेश गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर