• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

मन्त्रीलाई पढाएकी सञ्जना शिशिर योगीको एकल साँझकी प्रमुख अतिथि बनिन् 

विराटनगर । शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई दुई घण्टासम्म कक्षामा राखेर कखरा र अग्रेंजी भाषामा एबिसिडि पढाएको तीन दिन पछि सञ्जना मरिक विराटनगरमा आयोजना भएको एउटा भब्य सांगीतिक समारोहकोे प्रमुख अतिथि बनिन् । देशमा नाम चलेका लोकप्रिय गायक शिशिर योगी, उहाँको सांगीतिक टीम र विराटनगरका प्रतिष्ठित व्यक्तीहरु उपस्थित समारोहमा मरिक प्रमुख अतिथिकोरुपमा झण्डै तीन घण्टा धैर्यतापूर्वक कार्यक्रममा बसिन् । 

शनिबार गायक शिशिर योगीको एकल साँझ थियो विराटनगरको होटल ह्यारिसनमा । 

योगीले करिव ३ घण्टामा दर्जन गीतहरु गाएर स्रोता तथा दर्शकलाई मनोरञ्जन दिए । उनले ‘यो देशमा म एउटा मानिस खोजी रहेछु..’ बोलको गीत गाए जुन निकै लोकप्रिय र कर्णप्रिय छ । उनले ‘सारंगी त रेटे पनि बोल्छ मिठै धुन’, ‘बोल्ने कोही छैन गाउँमा बोल्ने कोही छैन’ जस्ता मर्मस्पर्सी र सन्देशमुलक गीतहरु गाएर मनोरञ्जन दिलाए । विपन्न वालवालिका पढ्ने विद्यालयको सुधारकालागि योगीको टिम एकल साँझ कार्यक्रम लिएर विराटनगर आएको थियो ।

त्यहि बीचमा सञ्जनाले विराटगरका समाजसेवी दिनबन्धु गोयललाई सम्मान गरिन् । उनले फुलको माला र प्रमाणपत्र प्रदान गरेर गोयललाई सम्मान गरिन् । गोयलले पनि विपन्न र गरिव विद्यार्थीहरुको पठनपाठनमा सहयोग गर्ने बताए । उनले भने ‘म यस्तै निम्न वर्गका जनताका छोराछोरीको पढाइमा सहयोग गरिरहेको छु र अझै गर्छु । अब जागृती स्कुलका सबै विद्यार्थीकालागि आवश्यक पोशाक दिन्छु त्यहाँ आवश्यक छ भन्ने मैले बुझें ।’ त्यही कार्यक्रममा उनले पत्रकार शंकर खरेललाई पनि माला लगाएर सम्मान गरिन् । खरेलले पनि भर्खरै दुई संस्थाबाट प्राप्त गरेको नगद पुरस्कार वापतको ४८ हजार रकम बालबालिकाको पढाई तथा पोशाकमा खर्च गर्ने घोषणा गरे । 

रञ्जनाको उमेरका हिसावले उनले एक साताकाबीचमा जुन दुई महत्वपूर्ण अवसर प्राप्त गरिन् उनमा ठूलो धैर्यता र जिम्मेवारी पैदा गराएको छ । मन्त्रीलाई कखरा पढाउने र मन्त्रीको काखमा बसेर पढ्ने एउटा अवसर उनले पाइन् भने भब्य कार्यक्रमको प्रमुख अतिथिको दोश्रो भूमिका पनि उनले प्राप्त गरिन् । सांगीतिक कार्यक्रम सुन्न गएका उनी भन्दा माथिल्ला उमेर समुहका वालबालिका दौडिदै खेल्दै गर्दा उनी भने धैर्य नगुमाई आशनमा बसिरहेकि थिइन् । ति अवसरहरुले उनको आत्मविश्वास पनि बढाइदिएको छ । उनकालागि वृहत राष्ट्रिय शिक्षा अभियान नामक संस्थाको पहल र प्रयत्नमा यो अवसर जुटाइदिएको थियो । 

विराटनगर १९ स्थित जागृती आधारभूत विद्यालयको कक्षा १ मा अध्ययनरत सञ्जना मरिक भर्खरै विद्यालय भर्ना भएकी हुन् । केही महिना अघिसम्म उनको गाउँमा रहेको स्कुलमा गाउँका केटाकेटी स्कुल जाँदैनथे । स्कुलमा पढाउने शिक्षकहरु पनि नियमित हुँदैनथे । तर दुई महिनाको बीचमा विद्यालयमा धेरै सुधार आएको छ । 

चैत तेस्रो साता आकस्मिक अनुगमनमा जागृती स्कुल गएका शिक्षामन्त्री गिरिराजमणी पोखरेलले विद्यालयमा दुई जना स्वयंसेवक शिक्षक र एक जना विद्यार्थी मात्र फेला पारेका थिए । दुई  महिनापछि जेठ २३ गते मन्त्री पोखरेल त्यहि विद्यालय पुग्दा त्यहाँ १ सय १८ जना विद्यार्थी पढिरहेका थिए । त्यसले उहाँलाई पनि बालबालिकासँगै बसेर रमाउन प्रेरित ग¥यो । पोखरेल विद्यालयमा दुई घण्टासम्म बसेर केटाकेटीसँगै खेले र पढे । मन्त्री पोखरेलको काखमा सञ्जना मरिक निकैबेर बसेकी थिइन् । वृहद राष्ट्रिय शिक्षा अभियानका संयोजक अभिषेक घिमिरे भन्छन् ‘यस प्रकारको क्रियाकलापले बालबालिकाहरुमा आत्मविश्वास पैदा गर्ने र आफुपनि ठूलो मान्छे बन्नु पर्छ भनेर प्रेरणा प्रदान गर्छ सँगै धैर्यता र जिम्मेवारीबोध पनि गराउने रहेछ ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर