• शनिबार ६-४-२०७६/Saturday 09-21-2019/ 12:26 am

वन्यजन्तुको उद्धारका लागि एम्बुलेन्स

चितवन– नेपालमै पहिलोपटक वन क्षेत्रमै पुगेर घाइते तथा बिरामी हुने वन्यजन्तुको उद्धारका लागि एम्बुलेन्स खरीद गरी ल्याइएको छ ।  सरकारको भन्सार छुटमा राष्ट्रिय प्रकृति संरक्षण कोषले सौराहामा सञ्चालनमा आउन लागेको वन्यजन्तु अस्पतालका लागि एम्बुलेन्स ल्याएको हो ।

राष्ट्रिय प्रकृति संरक्षण कोषले सौराहाका निमित्त प्रमुख रामकुमार अर्यालले रु २५ लाख लागतमा एम्बुलेन्स ल्याइएको बताए । एम्बुलेन्सले चितवन राष्ट्रिय निकुञ्जलगायत तराईका सबै जिल्लामा सेवा दिने अर्यालको भनाइ छ । “वन्यजन्तु घाइते तथा बिरामी भए उद्धारका लागि पुग्र्छौ”, उनले भने, “एम्बुलेन्समा अक्सिजन, जनावरको आकारअनुसारको वन्यजन्तु राख्ने भाँडो (केज) लिएर जान्छौँ । वन्यजन्तुलाई अस्पतालमा ल्याएर उपचार गर्छौँ ।”

यसअघि नेपालमा वन्यजन्तुको एम्बुलेन्समा राखी उद्धार गरिने व्यवस्था थिएन । सदर चिडियाखानासँग एम्बुलेन्स भए पनि बाहिर प्रयोगमा आएको थिएन । अस्पताल सञ्चालनमा आएपछि वन्यजन्तु संरक्षणमा थप टेवा पुग्ने संरक्षणकर्मीको भनाइ छ ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

विश्वकै अग्लो टावर बुर्ज खलिफामा नेपालको झण्डा

  • ३ असोज, २०७६

काठमाडौं । संसारकै सवैभन्दा अग्लो भ्यू टावर संयुक्त अरव इमिरेट्सको बुर्ज खलिफा आज शुक्रबार नेपालको झण्डासो रंगिएको छ । नेपालको संविधान दिवस तथा

राष्ट्रपति भण्डारीले गरिन् दिवंगत सुशिल कोइरालाको प्रशंसा

  • ३ असोज, २०७६

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले मुलुकको आर्थिक समृद्धि हासिल गर्ने साझा संकल्प पूरा गर्न सबै राजनीतिक दलहरुलाई एकजुट भएर अग्रसर हुन आह्वान

संविधान कार्यान्वयनमा केन्द्रित हुन नेम्वाङको आग्रह 

  • ३ असोज, २०७६

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङले संविधान कार्यान्वयनमा केन्द्रित हुन सबै राजनीतिक दलहरूलाई