• शुक्रबार ३-६-२०७६/Friday 06-21-2019/ 03:05 am

पोखरामा गोली चल्यो, दुई घाइते, दुई फरार

कास्की । कास्कीको पोखरास्थित उत्तम चोकमा गोली चलेको छ । लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको हो ।

लागू औषध भएको जानकारी पाएपछि प्रहरीले पक्राउ गर्ने क्रममा प्रहरीलाई नै आक्रमण भएपछि प्रतिरक्षामा प्रहरीले गोली चलाएको हो ।

प्रहरीले चलाएको गोलीबाट पोखरा रामबजारका एक जना घाइते भएका छन् भने दुई जना भागेका छन् । उनको खुट्टामा गोली लागेर उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए ।

पोखराको उत्तमचोकमा रहेको एक क्याफे उनीहरुलाई लागूऔषध लिएर हिँडेको विशेष सूचनाको आधारमा प्रहरीले छापा हानेको थियो । प्रहरीले नियन्त्रणमा लिन खोजेपछि उल्टै प्रहरीलाई चिर्पटले हिर्काएर भाग्न खोजेका थिए । प्रहरीमाथि नै जाईलागेपछि बाध्य भएर प्रहरीले गोली चलाएको थियो ।

घाईते भएको प्रहरी सन्तोष सुबेदी पार्कल्याण्ड हस्पिटल अमरसिंहचोकमा सामान्य उपचार गरेर डिस्चार्ज भएका छन् । प्रहरीले उनीहरुको साथबाट १५ सय थान लागूऔषध बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

डेंगु परिक्षणमा बढी मूल्य नलिन आग्रह

  • ५ असार, २०७६

विराटनगर । सुनसरीको धरान लगायत मोरङ र झापामा डेंगुको संक्रमण नियनत्रणमा नआइरहेको बेला निजी स्वास्थ्य संस्थाहरुले रगत परिक्षण किटको मनोमानी शुल्क

सवारी चालककाे गुनासाे–‘हामी सुरक्षित भएनौं, सरकारले कानुन संसोधन गर्नुपर्यो’

  • ५ असार, २०७६

काठमाडौं । सवारी चालकहरुले आफ्नो पेशा सुरक्षित हुनपर्ने माग सरकारसंग राखेका छन् । देशका उच्च पदस्तदेखि विभिन्न क्षेत्रका व्यक्तिहरुको सवारी चलाउने

नीजि प्राविधिक तालिम कार्यक्रम खारेज नगर्न सरकारसंग माग

  • ५ असार, २०७६

काठमाडौं । निजी प्राविधिक शिक्षालय महासंघ, नेपालले स्वास्थ्यसँग सम्बन्धित सिएमए, अनमी, आयुर्वेद र आम्ची जस्ता विषयहरुको तालिम कार्यक्रम खारेज नगर्न