भक्तपुरमा ओपन इन्टर स्कुल फुटसल टुर्नामेन्ट आजदेखि शुरु
काठमाडौं । बुधबारदेखि ओपन इन्टर स्कुल फुटसल टुर्नामेन्ट शुरु भएको छ । भक्तपुरको मध्यपुर ठीमिमा आजदेखि शुरु भएको खेलमा ३३ विद्यालय सहभागि हुने जनाइएको छ ।
मध्यपुर चेतनशील युवाक्लबको आयोजनामा हुने खेलमा ३३ स्कुलका ३३ टिम भीड्ने क्लबका सल्लाहाकार सुमन जोशीले जानकारी दिए ।
वर्षेनि आयोजना गरिंदै आएको यो फुटसल खेलको यो तेस्रो संस्करण हो । खेल जेठ ३१ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
प्रतिकृया दिनुहोस