चिनियाँ राष्ट्रपति सी जिनफिङ यसै साता उत्तर कोरिया भ्रमणमा जाने
बैजिङ । चिनियाँ राष्ट्रपति सी जिनफिङले यसै साता उत्तर कोरियाको भ्रमण गर्ने भएका छन् ।
६ वर्षअघि राष्ट्रपति बनेका सी पहिलो पटक प्योङयाङ जान लागेको चिनियाँ सरकारी सञ्चार माध्यमले सोमबार जनाएका छन् ।
उत्तर कोरियाली नेता किम जोङ उनको निमन्त्रणामा आगामी बिहीबार र शुक्रबार भ्रमणको क्रममा सी प्योङयाङ पुग्ने सिसीटिभीले जनाएको छ ।
‘दुवै पक्षबाट कोरियाली प्रायद्धीपको अवस्थाका बारेमा कुराकानी आदानप्रदान हुनेछ र प्रायद्धीप मुद्धाको कुटनीतिक समाधानमा नयाँ प्रगतिका लागि प्रयास हुनेछ’, सिसीटिभीले लेखेको छ ।
चीनको अमेरिकासँग व्यापार युद्ध चर्किँदै गएको र उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको सम्बन्ध चिसिएको बेला सी प्योङयाङ जान लागेका हुन् । सन् २००८ मा उपराष्ट्रपति हुँदा सी प्योङयाङ गएका थिए ।
सत्तामा आएपछि उत्तर कोरियाका किम दुई पटक बेइजिङ पुगिसकेका छन् । बेइजिङले भने केही महिनाअघि भएको उत्तर कोरियाको ७० औं स्थापना दिवस कार्यक्रममा कम्युनिष्ट पार्टीका तेस्रो बरियताका नेता पठाएको थियो ।
प्रतिकृया दिनुहोस