• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

जादु देखाउन पिँजडामा थुनिएर नदीमा डुबेका जादुगरको शव भेटियो

तस्विर : आइतबार नदीमा डुब्नुअघि लिइएको लाहिडीको तस्विर

एजेन्सी । जादु देखाउनका लागि आफूलाई पिँजडामा थुनेर नदीमा डुबेका जादुगर बेपत्ता बनेका चञ्चल लाहिडीको भेटिएको भारतीय प्रहरीले जनाएका छन् ।

समाचार एजेन्सीहरुका अनुसार भारतको पश्चिम बंगाल राज्यस्थित सोनारपुर निवासी जादुगर चञ्चल लाहिडी आइतबार हुगली नदीमा बेपत्ता भएका थिए । उनी तालासहितको पिँजडामा थुनिएर नदीमा डुबेको अवस्थामा सकुशल बाहिर निस्कने जादु देखाउने अभियानमा थिए ।

मञ्चमा ‘विजार्ड मेनड्रेक’ उपनामले चिनिने ४१ वर्षीय लाहिडीले यस प्रकारको कला यसअघि नै सफलतापूर्वक देखाइसकेको बताइन्छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार उनले आइतबार हावडा पुल मुनी उक्त कला देखाउने योजना बनाएका थिए । प्रहरीले अनुमति नदिएका कारण उनी केही पर गएर आफ्नो कला देखाउने अभियानमा थिए ।

उनलाई सहयोगीहरुले हातखुट्टा बाँधेर पिँजडामा थुनिदिएका थिए । उक्त पिँजडामा ताला लगाएर क्रेनको मद्दतमा सो पिँजडासहित उनलाई नदीमा डुबाइएको थियो ।

उपस्थित दर्शकहरु उनी सो पिँजडाबाट बाहिर निस्किएको दृष्य हेर्न आतुर थिए । तर, लामो समयसम्म पनि ‘जादु’ कै कारण उनी अन्यत्र पुगेर निस्किएको हुन सक्ने भन्दै दर्शकहरु उनको प्रतीक्षामा बसिरहे । 

अन्ततः उनी आएनन् । त्यसपछि गोताखोर र उद्धारकर्मीसहितको टोलीले उनको खोजतलास सुरु गरे । उनीहरुले सोमबार डुबाइएको निशानाबाट १ किलोमिटर टाढा डुबेको अवस्थामा फेला पारेका छन् । 

नदीमा डुब्नुअघि जादुगर लाहिडीले भिडलाई भनेका थिए, ‘यदि मैले यसलाई खोल्न सके भने, त्यो म्याजिक हुनेछ, तर यदि सकिने भने यो मेरो जीवनको ‘ट्र्याजिक’ हुनेछ ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर