• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

संसदीय मर्यादा : ‘करप्रसाद’ र ‘छेरबहादुर’ भन्न मिल्छ ?

यस्तो छ नियमावलीकाे व्यवस्था

काठमाडौं । संघीय संदको प्रभावकारीता घट्यो भनेर चौतर्फी विरोध उठिरहेको बेला पछिल्लो समय सांसदका गतिविधि अमर्यादित देखिन थालेका छन् । 

सांसदहरुले संदमा बोल्ने भाषा कस्तो हुनुपर्छ ? लवज कस्तो हुनुपर्छ ? सम्बोधन कसरी गर्नुपर्छ ? प्रश्न कसरी गर्नुपर्छ ? उत्तर कसरी खोज्नुपर्छ ? कसरी बस्नुपर्छ ? कसरी उठ्नपर्छ ? कसरी हिँड्नपर्छ ? भन्ने जस्ता कुराहरु समेत संसदको कार्यसंचालन नियमावलीमा लेखिएको छ ।

बेला बेला संसद सचिवालयले र विभिन्न दातृ निकायले यस्ता विषयमा गोष्ठि र प्रशिक्षणहरु पनि चलाउने गर्छन् । तर, केही सांसदको आइतबारको अभिव्यक्तिलाई मात्र हेर्ने हो भने उनीहरुका अभिव्यक्ति संसदको रेकर्डमा राख्न लायक छैनन् । यस्ता कुराहरुलाई नियमन गर्नुपर्ने र मर्यादित ढंगले संसद संचालन गर्नुपर्ने जिम्मेवारीमा रहेका सभामुख कृष्ण बहादुर महरा समेत यस्ता विषयमा चनाखो र सकृय नहुँदा संसदको मर्यादा दिनप्रतिदिन घट्दो छ ।

आइतबार प्रतिनिधिसभाको बैठकमा सांसदद्वय उमाकान्त चौधरी र झपट रावलले दिएको अभिव्यक्ति सामान्य छैन् । 

सांसद चौधरीले प्रधानमन्त्री ओलीलाई झुट प्रसाद ओलीको उपनाम दिँदा फरक नपर्ने भन्दै संसद बैठकको शुन्य समयमा आफ्नो धारणा राखे । उनले भने–‘सिण्डिकेट अन्त्य होइन त्यसलाई प्रोत्साहन गर्ने काम यो सरकार झुट सावित भएको छ । जथाभावी कर लगाएर कर प्रसाद ओली उपनाम पाएका सम्माननीय प्रधानमन्त्री ज्यूको सरकारको कामकारबाही हेर्दा उहाँले सधैं झुटको आश्वासन दिने, झुद्धको खेती गर्ने भएकाले अब उहाँको नाम झुट प्रसाद ओली उपनाम दिँदैमा केही फरक पर्नेवाला छैन् ।’

शुन्य समयका नै समय लिएर बोल्ने क्रममा नेकपाका सांसद रावलले प्रधानमन्त्री ओलीलाई ‘झुट प्रसाद र कर प्रसाद ओली’ भनेको भन्दै रेकर्डबाट हटाउन ध्यानाकर्षण गराए ।

तर, उनी त्यतिमै सीमित भएनन् ।

याे पनि पढ्नुहाेस् 

सांसदको दोहोरी : केपी ओलीलाई ‘करप्रसाद’, शेरबहादुरलाई ‘छेरबहादुर’
 
उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा सांसद शेर बहादुर देउवालाई छेरबहादुर देउवा भनेदेखि के हुन्छ भनेर आक्रोश पोखे । उनले भने–‘प्रतिपक्षी दलका माननिय ज्युले सम्माननीय प्रधानमन्त्री ज्युको नाम बंग्याएर कर प्रसदा र झुट प्रसाद भन्नुभएको छ । यसैगरी हामीले पनि प्रतिपक्षी दलका नेता ज्यु पूर्व प्रधानमन्त्री शेर बहादुर लगायतका अन्य नेताहरुलाई, शेर बहादुर देउवा नभनेर छेरबहादुर देउवा भन्न हामी बाध्य भयौं भनेदेखी के हुन्छ ? अमर्यादित र असभ्य भाषा रेकर्डबाट हटाइयोस् ।’

यसअघि प्रधानमन्त्री ओलीले संसदमा सम्बोधनको क्रममा बोलेको ‘निम्छरो’ शब्दपनि विवादीत बनेको थियो । प्रतिपक्षी कांग्रेसले उक्त शब्द रेकर्डबाट हटाउन मा ग गरेपछि सभामुख महराले उक्त शब्द रेकर्डबाट हटाएका थिए । 

प्रधानमन्त्रीले प्रयोग गरेको उक्त शब्दप्रति कांग्रेसले संसद अवरुद्ध पनि गरेको थियो ।
 
यस्ता घटनाहरु संसदमा चल्नु ठिक हो ? यस्ता घटनाहरु चल्दैगर्दा पूर्व सभामुखहरु के भन्छन् ?
 
ओन्सरी घर्ती, पूर्वसभामुख
संसद कसरी संचालन गर्ने भन्ने कुरा नियमावलीमा व्यवस्था गरिएको छ । संसदमा सांसदहरु कसरी उपस्थित हुनपर्छ भन्ने कुरा पनि त्यहाँ लेखिएको छ । त्यो नियमावली सबै दलका सबै सांसदहरुले एकमत भएर सर्वसम्मत रुपमा हाउसबाट पारित गरेको नियम हो । त्यही नियमले गरेका व्यवस्थाका आधारमा संसद चल्नुपर्छ । नियममा यदी कुनै व्यवस्था रहेनछ भने विगतका अभ्यासलाई आधार मानेर अघि बढ्ने हाम्रो संसदीय मान्यता छ । तर, मैले पछिल्लो समयमा संसदमा भएका अभिव्यक्तिहरु केलाउँदा नियम उलंघन गरेका, संसदीय मर्यादाभन्दा बाहीर रहेका अनुशासनको र नियमावलीको ख्याल नगरिएको पाएको छु । 

सांसदहरुका अभिव्यक्ति र विरोध नै गर्दाखेरी पनि उनीहरुले प्रस्तुत गर्ने व्यवहार नियमभित्र रहेर मात्रै हुनपर्छ । आइतबार केही सांसदले अभिव्यक्त गरेका केही विषयलाई लिएर यहाँले जुन प्रश्न राख्नुभयो, मेरो विचारमा सम्माननीय प्रधानमन्त्रीको नाम बिगारेर भनिएको अभिव्यक्ति र प्रतिपक्षी दलका नेताको नाम बिगारेर राखेका अभिव्यक्ति संसदको रेकर्डमा राख्न लायक विषय छैनन् । 

यसलाई रेकर्डबाट हटाउन या त माननीय ज्यू हरुले नियमापति गर्नुपर्छ र नियमापतिको आधारमा सभापतिले निर्णय लिनुपर्छ । सांसदहरुले नियमापति गरेनन भनेपनि संसदको मर्यादा कायम राख्न सभामुख आफैंले सकृयता देखाएर त्यस्ता विषय हटाउन निर्देशन दिन सक्छन् ।

सुवास नेम्वाङ, पूर्वसभामुख
कार्यव्यस्तताका कारण जिल्ला बाहीरबाट काठमाडौं फर्कँदा आइतबार म ढिलोगरी संसदमा पुगें । संसदका अधिकांश बैठक म छुटाउँदिन् । विगतमा संसद संचालन गर्दाको अनुभव र नियमावलीले गरेको व्यवस्था, र हाम्रा अभ्यासलाई हेर्दाखेरी कतै न कतै नमिलेको अथवा मर्यादा नाघेको जस्तो देखिन्छ । 

आजपनि मैले नेकपाकै सांसद झपड रावललाई समेत त्यस्ता अभिव्यक्ति दिएको थाहा पाएपछि उहाँको समेत ध्यानाकर्षण गराएँ । संसदमा कसैले पनि अर्मयादीत अभिव्यक्ति दिन मिल्दैन् । दिइहाले भने अन्य सांसदहरुले त्यसमाथि नियमापति गरेर सभामुखसमक्ष ती विषय हटाउन माग गर्न सक्दछन् । त्यसरी माग गरेपछि सभामुखले हटाउनपर्छ । यदी त्यसरी नियमापति कसैले गरेन भनेपनि सभामुख आफैं यस विषयमा चनाखो हुनपर्छ । यदी सभामुखले पनि यो विषय छाडनभयो भने सांसद, सभामुख र आम जनतालाई समेत प्रशिक्षित गर्ने काम संचारमाध्यमको हो । 

प्रतिनिधिसभा नियमावलीमा के छ ?
प्रतिनिधिसभा नियमावली, २०७५ को परिच्छेद ४ को बुँदा २० र २१ मा बैठकमा भाग लिने सददस्यले ध्यान दिनुपर्ने विषयहरु प्रष्टसंग खुलाइएको छ । 
बुँदा २१ को ‘ङ’ मा भनिएको छ–‘अशिष्ट, अश्लील, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुनेगरी बोल्न र कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिङ्गलाई होच्याउने वा अरु कुनै किसिमले असर पर्नेगरी बोल्न नहुने ।’

 

हेर्नुस् नियमावली ;
  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर