• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

वडा वडामा स्वास्थ्य संस्था स्थापना गर्ने सरकारको तयारी

काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले संविधानले गरेको व्यवस्था अनुसार आधारभूत स्वास्थ्य सेवा निशुल्क र सबैलाई उपलब्ध गराउने नीति अनुसार नै काम भईरहेको बताएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन विधेयक अन्र्तगत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय शिर्षकमा सांसदले उठाएको जिज्ञासाको सम्बोधन गर्दै उनले विपन्न बर्ग र गरिब जनताहरुको स्वास्थ्य उपचारका लागि आधारभूत स्वास्थ्य सेवा निशुल्क र सबैलाई उपलब्ध गराउने नीति अनुसार सरकारले काम अघि बढाईरहेको बताए । उनले वडा वडामा स्वास्थ्य संस्था स्थापना गर्ने काम अघि बढाईएको उल्लेख गर्दे आगामी बर्षमा सबै वडामा स्वास्थ्य संस्था स्थापना भईसक्ने दाबी गरे ।

नेपाल लगायत विश्वभर नै नसर्ने रोगका रोगीहरु तिब्र गतिमा बढ्दै गईरहेको भन्दै त्यसका लागि सरकारले डायलासिस सेवा निशुल्क गराएको र किड्नी ट्रान्सपलाण्ट गर्नेलाई आर्थिक सहयोग उपलब्ध गराउने गरेको उनले बताए । त्यसैगरी क्यान्सर लगायतका ८÷ ९ किसिमका रोगहरु उपचारका लागि सरकार आर्थिक सहयोग उपलब्ध गराउदै आएको पनि उनले बताए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर