• शुक्रबार ४-३-२०७६/Friday 07-19-2019/ 06:04 pm

हातमा भ्रुण लिएर चौकी पुगिन् महिला, प्रहरी पर्यो अचम्ममा !

तस्विर : एएनआई

एजेन्सी । भारतको उत्तर प्रदशको एटा नगरपालिकामा एक अनौठो घटना भयो । मंगलबार अबेर राति एक महिला  हातमा एक मृत भ्रुण लिएर प्रहरी चौकी पुगिन् । 

तबस्सुम नाम बताएकी सो माहिलाले आफ्नो उजुरीमा ६ व्यक्तिले उनलाई कुटपिट गरेको र उसको पेटमा लाती प्रहार गरेर आफ्नो पाँच महिनाको गर्भ झारिदिएको आरोप लगाएकी छिन् । 

किदवई नगरमा आयोजित एक विवाह समारोहका दौरान एक आफन्तले उनको पेटमा लात मारेको जसका कारण उनको गर्भपतन भएको आरोप लगाएकी छिन् । 

सो महिलाको उजुरीको आधारमा प्रहरीले १० जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । सो व्यक्तिहरुमाथि आइपीसीकोि विभिन्न धाराहरुमाथि मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । यी सबै आरोपीहर बदान्युका स्थानीय वासी रहेको र विवाहमा सहभागी हुन एटा आएको खुल्नमा आएको प्रहरीले जनाएको छ । 

खबरअनुसार, गत २७ जुनका दिन तबस्सुम एक आफन्तको विवाह समारोहमा सहभागी हुन पुगकी थिइन् थिइन् । विवाहमा कुनै कुरालाई लिएर भागदौड मच्चिएको उनले बताएकी छिन् । 

राति तबस्सुमका पति इमरान, आदिल र अब्दुलबीच डिजे बजाउनेलाई लिएर झगडा भएको थियो । त्यही रात उनीहरुलाई प्रहरी चौकी लगियो, तर भोलिपल्टै छाडियो । 

तर, त्यसको पाँच दिनपछि तबस्सुमको पाँच महिने गर्भ तुहियो, जसको कारण थियो झगडाका दौरान केही व्यक्तिको कुटपिट । 

प्रहरीका अनुसार, तबस्सुमको परिवारका सदस्यले आगराको एक नीजि अस्पतालको एक मेडिकल रिपोर्ट पनि साथमा लिएर आएका थिए । प्रहरी भ्रूणको पोस्टमार्टम गरेको र जाँच चलिरहेको पनि प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

हङकङबाट पठाएको एक पोस्टकार्ड : २६ वर्षपछि आइपुग्यो त्यो पनि गलत व्यक्तिकोमा

  • ३ श्रावण, २०७६

एजेन्सी । अमेरिकाको इलिनोइसकी एक महिलाले आफ्नो मेलबक्समा २६ वर्ष पुरानो ‘पोस्टकार्ड’ प्राप्त गरिन् । सन् १९९३ मा हङकङबाट पठाइएको उक्त पोस्टकार्ड

अभिभावकको गाडी चोरेर फरार चार बालबालिका, दुई दिनपछि हजार किमी टाढा भेटिए

  • ३१ असार, २०७६

एजेन्सी । अस्ट्रेलियामा चार बालबालिकाले अभिभावकको गाडी सुटुक्क चोरी आफैँ चलाएर करिब एक हजार किलोमिटर टाढा पुगेको अवस्थामा समातिएका छन् । १० देखि

पोर्न हेर्दा पर्यावरणलाई हानि पुग्छ ! 

  • ३० असार, २०७६

एजेन्सी । कहिल्यै सोच्नु भएको छ, पोर्न हेर्नाले पर्यावरणलाई नोक्सान पुग्नसक्छ ! हालै सार्वजनिक एक रिपोर्टलाई मान्ने हो भने पोर्न हेर्नाले