• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

विषादी परिक्षण प्रकरणको छानविन होस्, म तयार छु –मन्त्री यादव

काठमाडौं । उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री मातृका यादवले भारतबाट आयात हुने तरकारी तथा फुलफूलमा विषादी परिक्षण गर्ने प्रकरणको छानविन गर्न माग गरेका छन् । 

मन्त्रिपरिषदको बैठकमै आक्रोषित मुद्रामा प्रस्तुत भएका मन्त्री यादवले आफुले गल्ती गरेको भए सजायँ भोग्न तयार रहेको बताएका थिए । अन्यथा सरकारलाई बदनाम गराउने काम कसले, किन र कहाँबाट भएको हो ? छानविन गरि दोषीलाई कारबाही गर्नुपर्ने उनले बताएका छन् । 

मंगलबार बिहान बसेको मन्त्रिपरिषद बैठकमा पनि यस विषयमा चर्चा भएको थियो । सोमबार मन्त्री यादवले मन्त्रालयमा पत्रकार सम्मेलन नै गरेर आफुलाई सचिवहरुले फसाएको बताए । 

मंगलबार नेपाल टेलिभिजनको टक टाईम भन्ने कार्यक्रममा बोल्दै मन्त्री यादवले प्रधानमन्त्री कार्यालयका सचिव, आफ्नै सचिव र कृषि मन्त्रालयका सचिवले तयारी गरेर ल्याएको प्रस्तावमा आफुले हस्ताक्षर गर्दा समस्या आएको उनले बताएका छन् । सचिवहरुले आवश्यक गृहकार्य र समन्वय नगरिकन फाईल तयार पारेर निर्णय गर्दा समस्या आएको मन्त्री यादवको बुझाई थियो । जुन कुरा उनले पत्रकार सम्मेलनमा समेत भनेका थिए ।

‘मन्त्रीले हरेक विषयमा हरेक लाईन पढेर हस्ताक्षर गर्न संभव हुंदैन, सचिवहरुले गृहकार्य गर्ने हो । त्यसको ब्रिफिङ गर्नुपर्ने हो । तर उहाँहरुले विषादी परिक्षणबारे यथार्थ जानकारी गराउनु भएन, त्यसैले समस्या आयो’ मन्त्री यादवले भने ।

आपर्तिमन्त्री यादवले यस विषयमा भारतीय दुतावासले चासो देखाएपनि दवाव नदिएको दावी गरे । ‘नेपाल सरकारको परिक्षण गर्न सक्ने क्षमता तत्कालन नभएकाले पुरानै अवस्था यथावत राख्ने भनिएको हो । मन्त्रिपरिषदले निर्णय फिर्ता लिएको होईन’, उनको दावी थियो ।

सरकारले तुरुन्त विश्वस्तरिय उपकरणहरु छोटोबाटोबाट खरिद गरेर जनताको स्वस्थ्य खाध्यान्न खान पाउने अधिकार सुनिश्चित गर्ने मन्त्री यादवले जानकारी समेत गराएका छन् । अहिले पनि विद्यमान क्षमताका आधारमा विषादी परिक्षण भईरहेको मन्त्री यादवले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर