• बुधबार ७-६-२०७६/Wednesday 10-23-2019/ 04:48 pm

श्रीमानसँग मिलेर प्रेमीकाे हत्या

कैलाली– कैलालीको चुरे पहाडी क्षेत्रको चुरे गाउँपालिका–६ मड गाउँकी कल्पना लामालाई आफ्ना प्रेमीको हत्या गरेको अभियोगमा प्रहरीले बिहीबार पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय ९फलटुडे०, कैलालीका प्रहरी निरीक्षक माधव विश्वकर्माका अनुसार श्रीमान् लालबहादुर लामासँग मिलेर निज कल्पनाले प्रेमी अन्दाजी ४० वर्षीय कमल कुँवरको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको हो ।  
  
यही असार २२ गते कुँवरको हत्या गरेर आफ्नो घरदेखि ५० मिटरको दूरीमा रहेको खोलमा खाल्डो खनी पुरिएको अवस्थामा बिहीबार शव फेला परेको विश्वकर्माले बताए । प्रहरीले कल्पनाका श्रीमान्लाई समेत पक्राउ गरेको छ । मृतक गुल्मी जिल्ला घर भई यस क्षेत्रमा मजदूरीको काम गर्दै आएको बुझिएको छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

रुरु क्षेत्रमा भजन महोत्सव र शंख बजाउने प्रतियोगिता हुने 

  • ५ कार्तिक, २०७६

पाल्पा । पाल्पा, गुल्मी र स्याङ्जाको संगमस्थल रुरु क्षेत्रधाम रिडीमा यसपटक पनि भजन महोत्सव हुने भएको छ । रुरु धार्मिक सेवा सन्चार प्रालिको आयोजनामा

रोटरी नेपाल ३२९२ र रोटरी डिस्ट्रिक ३५२३ ताइवानबीच समझदारी

  • ४ कार्तिक, २०७६

काठमाडौं । रोटरी नेपाल थ्री  टु नाइन टु र रोटरी डिस्ट्रिक थ्री फाइभ टु थ्री ताइवानबीच नेपालका विभिन्न जिल्लाका शारीरिक असक्त व्यक्तिहरुलाई

सुन चोरी गर्ने भारतीय नागरिक पक्राउ

  • ४ कार्तिक, २०७६

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा रहेको सुन पसलबाट चार लाख बढीको सुन चोरी गर्ने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।  सन्धिखर्क–१