विश्वको सबैभन्दा जेष्ठ सरकार प्रमुख महाथिरको ९४औँ जन्मोत्सव
क्यालालमपुर । मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले बुधबार ९४औँ जन्मोत्सव मनाएका छन् ।
अहिले सरकारको नेतृत्वमा रहेका नेताहरूमध्ये उनी सम्भवतः संसारकै सबैभन्दा ज्येष्ठ सरकार प्रमुख छन् ।
उनले अहिले दोस्रो चरणको राजनीतिक जीवनमा मलेसियाको प्रधानमन्त्रीमा निर्वाचित भएको हुन् । गत मेमा भएको निर्वाचनमा उनको गठबन्धनले विजय हासिल गरेपछि उनी फेरी प्रधानमन्त्री बनेका हुन् ।
यसअघि उनले प्रधानमन्त्री भएका बेला देशका लागि अविस्मरणीय योगदान गरेर सक्रिय राजनीतिबाट टाढिँदै गएका थिए । तर देशमा भ्रष्टाचार र विकृति बढ्दै गएको भन्दै फेरी सक्रिय राजनीतिमा फर्किएका हुन् ।
उनले आफूलाई जन्मदिनको अवसरमा शुभकामना दिने सबैप्रति धन्यवाद ज्ञापन गरेका छन् ।
प्रतिकृया दिनुहोस