• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

विश्वभर एन्ड्रोइड डिभासमा साइबर आक्रमण, भारतमा डेढ करोड डिभाइस शिकार

तस्विर : वेब

एजेन्सी । भारतमा ‘एजेन्ट स्मिथ’ नामक स्मार्टफोन मालवेयर डिभाइसले १ करोड ५० लाख एन्ड्रोइड डिभाइसमा साइबर आक्रमण गरे्को छ । 

चेक प्वइन्टको अनुसन्धान अनुसार, विश्वभरमा यस मालवेयरले दुई करोड ५० लाख बढी डिभाइसमा आक्रमण गरेको छ । यो नयाँ किसिमको मालवेयर रहेको र यसले निकै चलाखीका साथ लाख डिभाइसलाई आफ्नो शिकार बनाएको जनाइएको छ । 

कुनै एल्पिकेशन जस्तो देखिने भाइरसको विषयमा अहिलेसम्म पाइएको जानकारीअनुसार यसले एन्ड्रोइड डिभाइसेजलाई नोक्सानी पुर्‍याउनुका साथै फोनमा इन्स्टल भएका एपलाई विस्थापित गरेर हानिकारक भर्सनलाई इन्स्टल गर्छ । 

यो मालवेयर डिभाइसले निकै सहज तरिकाले सबै डिभाइसमा आफ्नो पहुँच विस्तार गर्ने गरेको चेक प्वइन्टले एक वक्तव्य जारी गर्दै बताएको छ । 

यसको माध्यमबाट प्रयोगकर्तालाई वित्तीय हिसाबमा नाफा हुने विज्ञापन देखिने वक्तव्यमा उल्लेख छ । यसको प्रयोग बैंकिङ डिटेल्स लिनका लागि गर्ने सकिने बताइएको छ । यसको काम गर्ने तरिका यसअघिको साइबर आक्रमणसँग केही मात्रामा मिल्दोजुल्दो रहेको पनि बताइएको छ । 

यसले हिन्दी, अरेबिक, रुसी र इन्डोनेसियन प्रयोगकर्तालाई आफ्नो निशाना बनाएको छ । बंगलादेश र पाकिस्तानमा पनि यसले प्रयोगकर्तालाई उल्लेख्य नोक्सानी पुर्‍याएको छ । 

बेलायत, अष्ट्रेलिया र अमेरिका पनि यो साइबर आक्रमणको निशानामा परेका छन् । तर, अहिले भने उक्त सफ्टवेयर प्ले स्टोरमा नरहेको बताइएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर