सरकारका प्रवक्ताको कांग्रेसलाई प्रश्न: दिनभरी वीपी,रातभरी विप्लव ?
‘कांग्रेसको चारताराबाट शान्ति र लोकतन्त्रका दुई तारा हरायो’
काठमाडौं । नेपाल सरकारका प्रवक्ता तथा सूचना तथा संचार मन्त्री गोकुल बाँस्कोटाले पछिल्लो समय विप्लवको हिंसाबारेको स्पष्ठ धारणा माग गरेको छ । पछिल्लो मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रका सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले भने–‘हिंसाबारे कांग्रेसको धारणा के हो रु बन्द हुनुपर्छ वा विप्लवजीहरुले गरेको हिंसा बैध हो ?’
बुधबार भोजपुरमा विप्लव समूह र नेपाल प्रहरिबीच भएको दोहोरो भीडन्तमा भएको मृत्युबारे कांग्रेसले सत्य बाहीर आउनपर्ने माग गरेको थियो । प्रवक्ता बाँस्कोटाले स्पष्ट धारणा राख्न आग्रह गरेका हुन् ।
कांग्रेस आफ्नै नीतिमा स्पष्ट हुनुपर्ने भन्दै उनले भने–‘कांग्रेस दिनभरि बिपी र रातभर विप्लव हो ?’ कांग्रेसको चारताराबाट शान्ति र लोकतन्त्रका दुई तारा हराएको भन्दै उनले कटाक्ष समेत गरे । प्रतिपक्षी दल नेपाली कांग्रेसले मृत्युको व्यापार गरेको समेत उनले आरोप लगाएका छन् ।
प्रतिकृया दिनुहोस