• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

‘हरेक पुरुष तपाईंसँग 'सेक्स' गर्न चाहन्छन्’

तस्विरः बिबीसी

राजधानी काबुलमा धुलाम्मे पहाडको नजिकै एक घरमा एक महिला (पूर्व सरकारी कर्मचारी) बस्छिन् । उनी गुमनाम रहन चाहान्छिन्, किनकि उनी मान्छेहरुको एक अचानक प्रतिक्रियाबाट डराउछिन् । तर, उनी आफ्नो कथा संसारले सुनोस् भन्ने चाहान्छिन् । 

उनी भन्छिन्, पूर्वहाकिमले, जो अफगान सरकारको एक उच्च मन्त्री थिए, उनलाई बारम्बार दुर्व्यवहार गर्यो । एक दिन उनी जब हाकिमको कार्यलयमा पुगिन्, उनलाई शारीरिक रुपमै दुर्व्यवहार गर्न खोज्यो । 

‘उसले सिधै शारीरिक सम्बन्धका लागि प्रस्ताव गर्यो । म एक सक्षम महिला हु भने । तपाईले यस्तो प्रस्ताव गर्नुहुन्छ भन्ने कहिले सोचिन – मैले भने । म त्यहाँबाट हिड्नै लागेको थिए, उसले मेरो हात पकड्यो र उसको अफिसको पछाडिको कोठामा जबरजस्ती तानेर लग्यो । मलाई कोठाभित्र धकेल्यो र भन्यो – चिन्ता नगर, म केही मिनेट मात्रै लिनेछु, मसँग आऊ । 

‘मैले उसको छातीमा पकडेर धकेँले र भने – पुग्यो, मलाई डराउने प्रयास नगर्नु । उसको अनुहार देखेको त्यो अन्तिम पटक थियो । त्यस समय म निक्कै रिसाएको र निराश थिए’, उनी भन्छिन् । 

‘मैले दुर्व्यवहार विरुद्ध उजुरी दिइन, तर मैले जागिर छोडिदिए । म यहाँको सरकारलाई विश्वास गर्दिन । यदि तपाई अदालत वा प्रहरी कहाँ जानुभयो भने देख्नुहुनछ, उनीहरु कति भ्रष्ट छन् । सुरक्षित ठाउँ तपाई कतै भेट्नुहुन्न । यदि तपाई बोल्नुभयो भने पनि सबैले महिलालाई नै दोष दिन्छन्’, उनी भन्छिन् । 

केही पूर्व सरकारी कर्मचारीले उक्त मन्त्रीद्धारा अन्य दुई महिलालाई बलात्कार भएको बताए थिए । ‘ऊ यस्तो कूकर्म बिना डर गरिरहेको छ, किनकि ऊ एक प्रभावकारी व्यक्ति हो सरकारका लागि’, उनी भन्छिन् । 

महिलाका लागि अफगानिस्तान विश्वकै सबैभन्दा खराब देश मानिन्छ । सन् २०१८ मा सार्वजनिक भएको संयुक्त राष्ट्रसंघको एक रिपोर्टमा त्यहाँ महिलाहरु यौन अपराध र हिंसाको शिकार कसरी भएका छन् ? र उनीहरुलाई आफ्नो उजुरी फिर्ता गर्न कसरी दबाब दिइन्छ भन्ने विवरण दिइएको थियो । 

धेरैसजो मामिलामा उनीहरुलाई नै दोषी देखाइन्छ । यस्तो अवस्थामा शक्तिशाली व्यक्तिले गरेको यौन दुर्व्यवहारका बारेमा बोल्न सजिलो पक्कै छैन । त्यसैले, यस रिपोर्टमा आएका यी महिलाहरुले पनि आफ्नो नाम सार्वजनिक गर्न मानेनन् ।

एक सानो पार्कद्धारा सञ्चालित एक कार्यलयकी एक महिला कर्मचारीले पनि यस्तै एक आफ्नो कथा सुनाउछिन् । उनले पनि सरकारी जागिरका लागि आवेदन दिइन् र सबै प्रक्रिया पुरा पनि गरिन् । तर, यो तब असुरक्षित बन्यो जब उनलाई राष्ट्रपति असरफ घानीको नजिकको अंगरक्षकसँग भेटन् भनियो । 

‘त्यो मान्छे धेरैजसो राष्ट्रपतिसँगै तस्विरमा आउने गर्छन् । उनले मलाई आफ्नो नीजि कार्यालयमा बोलाए । उनले मलाई छेउमा बस्न भने र उनले मेरो कागजात जाँच्ने बताए । उनी मेरो नजिक आए आएर भने – केही पिउँ(मद्यपान) अनी सेक्स गरौँ’, उनले आफ्नो कथा सुनाइन् । 

‘मसँग दुई विकल्प थियो, एक यौन प्रस्ताव स्विकार्नु अर्को जागिर छोड्नु । यति मैले प्रस्ताव स्विकारेको भए त्यो एक मान्छेमा सिमित हुँदैन थिएँ, धरैभन्दा धेरै पुरुषले सेक्स अफर गर्नेथिए । मेरा लागि यो ठूलो झट्का थियो । म डराए र छोडिदिए ।’

‘जब मैले सरकारी विभागमा फोन गरे र सो घटनाबारे भने उनीहरुले भने – सम्झ, तिमीलाई तिम्रो बैँक अकाउन्टमा टन्नै पैसा दिइँदै थियो, तर तिमीले लिन अस्विकार गर्यौ’, उनी भन्छिन्, ‘यो कुराले मलाई रातभरी रुवायो । मलाई निक्कै रिस उठुयो र चिन्तित बनायो’ । 

‘यदि तपाई उजुरीका लागि न्यायाधीश, प्रहरी वा अन्य कुनै निकायमा जानुहुन्छ, तपाईको उजुरी सुन्नअघि ती सबैले तपाईलाई सेक्सका लागि प्रस्ताव गर्नेछन् । तपाई आफैँ भन्नुहोस्, तपाई कसकोमा जानुहुन्छ ? अब त यो एक संस्कृति बनेको छ, जहाँ जुनै पुरुष पनि तपाईसँग सेक्स गर्न चाहान्छन् ।’ 

गत मेमा यो मुद्दा चर्चामा नआएसम्म यस्ता थुप्रै कहानीहरु वा त नभनिएको थियो वा फुसफुसाइएको मात्रै थियो । जब जनरल हाबीबुल्लाह अहमदजाले एक अफगान समाचर च्यानलमा दिएको अन्तरवार्ताका क्रममा यस बिषयमा बोलेनन् तबसम्म चुप थिए यस्ता कहानीहरु । 

उनले सरकारका उच्च अधिकारी र राजनीतिज्ञमाथि वेश्यावृत्तिलाई बढावा दिइरहेको आरोप लगाएका थिए । 

अफगान सरकारकी एक मन्त्री नर्गिस नेहानले ट्विटरमा पोष्ट गर्दै भनेकी छिन्, ‘अफगान क्याबिनेटको एक महिला सदस्यको रुपमा म भन्न सक्छु यी आरोपहरु आधारहिन छन्’ । 

तर केही समय अघिसम्म सांसद रहेकी चर्चित महिला अधिकारवादी फौजिया कूफी आफूले वर्तमान सरकारमा रहेका कैयौँ पुरुषविरुद्ध यौन दुर्व्यवहारको उजुरी पाएको बताउँछिन् ।

‘सरकारको प्रतिक्रिया रक्षात्मक हुन्छ । उनीहरूले यसलाई अफगानिस्तानका महिलाको बारेमा भन्दा पनि एउटा राजनीतिक मुद्दाको रूपमा लिइरहेका छन् ।’

‘यो दण्डहीनताको एउटा संस्कृति हो । पीडकहरू सरकारभित्र रही आफूलाई सुरक्षित ठान्छन् र त्यस्ता अपराध गर्न उनीहरू झन् प्रोत्साहित हुन्छन् ।’ 

सरकारले यौन दुर्व्यवहारका आरोपहरूबारे एउटा छानबिन गर्न निर्देशन दिएको छ।

महान्यायाधिवक्ताको कार्यालयद्वारा छानबिन गरिँदैछ र छानबिनकर्तामा राष्ट्रपतिद्वारा नियुक्त पुरुष छन् ।

काबुलस्थित कार्यालयका प्रवक्ता जमशिद रसूल निष्पक्ष छानबिनबारे भन्छिन्, ‘संविधानले महान्यायाधिवक्तालाई स्वतन्त्र हुने अधिकार दिएको छ । हामीले छानबिन निष्पक्ष होस् भनेर त्यसको हिस्सा बन्न अधिकारकर्मी, धर्मगुरु तथा मानव अधिकारवादी संस्थाहरूलाई आग्रह गरेका छौँ ।’

अफगानिस्तानमा महिलाहरूका लागि खतरनाक समय छ । संयुक्त राज्य अमेरिका र तालिबानबीच जारी शान्तिवार्तामा आफ्ना कुरा राख्न महिलाहरू दृढ देखिन्छन् ।

सन् २००१ मा तालिबान सत्ता ढलेपछि कम्तीमा देशका केही भागमा महिलाहरूले प्रगति गरिरहेका छन् । तर सरकार भित्रबाटै हुने यौन दुर्व्यवहारका घटनामा दोषीहरूलाई सजाय नदिइए ती सबै ओझेलमा पर्नेछन् । 

‘म राष्ट्रपतिलाई भन्न चाहन्छु – महिलाहरूका आवाज सुन्ने र तिनीहरूलाई मान्ने जिम्मेवारी तपाईँको हो’, यिनै कहानी बताउने एक महिला भन्छिन्, ‘यदि उनले यो देशलाई सुरक्षित बनाउने कोशिश गरिरहेका छन् भने यो समस्यालाई सम्बोधन गर्नैपर्छ । एक दिन सत्य उजागर हुनेछ, तर अहिलेका लागि त्यो टाढाको सपनाजस्तै छ ।’

यौन दुराचारका घटनामा उच्चपदस्थ अधिकारीहरू संलग्न रहेको आरोपपछि अफगानिस्तानमा खैलाबैला मच्चिएको छ । सरकारी अधिकारीहरूले त्यसलाई अस्वीकार गरेका छन् । (बिबीसी अंग्रेजीले तयार पारेको यस लेखमा पिडित महिलाले आफ्नो पहिचान खुलाएका छैनन्)

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर