• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

विश्वविजेता इंग्ल्यान्डद्वारा कप्तानसहित १० खेलाडी परिवर्तन

एजेन्सी –  क्रिकेटकाे विश्वकप च्याम्पियन टोली इंग्ल्यान्डले आयरल्यान्डसँग हुने एकमात्र टेष्ट खेलको लागि आफ्नो १४ सदस्य टोली घोषणा गरेको छ । घोषणा टोलीमा इंग्ल्यान्डले विश्वकप जित्दाका कप्तान इओन मोर्गन सहित सहित १० खेलाडी परिवर्तन गरेको छ ।
विश्वकप जित्दाका प्रमुख ब्याट्सम्यान जो रुट,जोेसन रोय,जोनी बेयरस्टो,मोइन अली र क्रिस वोक्स बाहेक अन्य सबै खेलाडीलाई आराम दिएको छ । आक्रमक ब्याट्सम्यान रोयले टेष्ट खेलमा आयरल्यान्डसँग डेब्यू गर्ने छन् ।

इंग्ल्यान्ड र आयरल्यान्ड सँगको एक मात्रै टेष्ट आगमी बुधबारबाट लर्डसमा सुरु हुने छ । घरेलु टोली इंग्ल्यान्डले गत आइतबार फाइनलमा सुपर ओभरमा न्युजिल्यान्डलाई पराजित गर्दै उपाधि जितेको थियो ।

इंग्ल्यान्डलाई विश्वकप जिताउन जो रुट,जोसन रोयल,जोनी बेयरस्टो र क्रिस वोक्सको प्रर्दशन महत्वपूर्ण रह्यो । विश्वकप जिताउन महत्वपूर्ण योगदान दिएका तीब्र गतिका बलर जोफ्रा आर्चरलाई पनि इंग्ल्यान्डले आराम दिएको छ ।

इंग्ल्यान्डको टेष्ट टोली– जो रुट(कप्तान),मोइन अली,जेमी एन्डरसन,जोनी बेयरस्टो,स्टअर्ट ब्रोर्ड,रोरी बर्न्स,साम करन,जो डेनली,लुईस ग्रेगरी,ज्याक लेच,जोसन रोय,ओल्ली स्टोन,क्रिस वोक्स ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर