• २०८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024

जापान : क्योतो एनिमेसन स्ट्डियो आगलागीमा मृत्यु हुनेको संख्या ३३ पुग्यो

तस्विरः बिबीसी

एजेन्सी । जापानको क्योतो एनिमेसन स्टुडियो आगलागीमा मृत्यु हुनेको संख्या ३३ पुगेको छ ।

क्योतो शहरमा रहेको उक्त स्टुडियोमा भएको आगलागीमा दर्जनौं घाइते भएका छन् । बिहिबार बिहान ४१ वर्षीय संदिग्ध व्यक्तिले पेट्रोल छर्केर आगो लगाइदिएको प्रहरीले बताएका छन् । 

संदिग्ध व्यक्ति पनि घाइते भएका कारण अस्पतालमा भर्ना गरिएको छ । जापानी प्रधानमन्त्री शिन्जो आबेले समवेदना व्यक्त गर्दै यो घटना शब्दमा बयान गर्न नसकिने भयावह बताएका छन् । 

आगलागीका कारण स्टुडियो पूर्णरुपमा जलेर नष्ट भएको छ । क्योतो एनिमेसन स्टुडियो जापानको प्रख्यात एनिमेसन स्टु्डियो हो । 

क्योतो एनिमेशन सन् १९८१ मा स्थापना भएको हो । त्यसले ‘के–अन’ र ‘द मेलन्कली अफ हारुही सुजुमिया’ जस्ता एनिमेशन कार्यक्रमहरू बनाएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर