• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

‘रअ’का प्रमुखसंग नभेटेको पूर्वराजा ज्ञानेन्द्रकाे दावी

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह र भारतीय गुप्तचर निकाय ‘रअ’का प्रमुखबीच भेटवार्ता भएको समाचारप्रति उनको सचिवालयले खण्डन गरेको छ । शाहका स्वकीय सचिव डा फणिराज पाठकले विज्ञप्ती जारी गर्दै शाहले  ुरअु का प्रमुखलाई भेटेको भन्ने केही अनलाईन पत्रिकाहरूमा छापिएका खबर पूर्णतया झूठो भएको दावी गरेका हुन् । 
 
पाठकद्वारा जारी विज्ञप्तीमा भनिएको छ, पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट मध्यरातमा भारतिय गुप्तचर संस्था 'रअ' का प्रमुखलाई भेटेको भन्ने केही अनलाईन पत्रिकाहरूमा छापिएका खबर पूर्णतया झूठो भएको जानकारी गराउन चाहान्छु। 'यस्ता कपोलकल्पित, मनगढन्ते र राष्ट्रको गरिमा घटाउने समाचारहरूले नेपाल र नेपालीको गर्व र सम्मानमा ठेस लाग्ने भएकोले यस्ता समाचार संप्रेषण गरेर पत्रकारिताको धर्म र समाज प्रतिको दायित्व नबिर्सन अनुरोध गर्दछु। ''
 

यसअघि समाचारदैनिकले पूर्वराजा शाहले रअका प्रमुखसंग भेटको समाचार तथ्यसहित प्रकाशित गरेको थियो । 
यो पढ्नुहोस..
 

पूर्वराजा ज्ञानेन्द्रसँग रातकाे ११ बजे भेट, प्रमलाइ भेट्न नीजि सवारीमा बालुवाटार 

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर