‘रअ’का प्रमुखसंग नभेटेको पूर्वराजा ज्ञानेन्द्रकाे दावी
काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह र भारतीय गुप्तचर निकाय ‘रअ’का प्रमुखबीच भेटवार्ता भएको समाचारप्रति उनको सचिवालयले खण्डन गरेको छ । शाहका स्वकीय सचिव डा फणिराज पाठकले विज्ञप्ती जारी गर्दै शाहले ुरअु का प्रमुखलाई भेटेको भन्ने केही अनलाईन पत्रिकाहरूमा छापिएका खबर पूर्णतया झूठो भएको दावी गरेका हुन् ।
पाठकद्वारा जारी विज्ञप्तीमा भनिएको छ, पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट मध्यरातमा भारतिय गुप्तचर संस्था 'रअ' का प्रमुखलाई भेटेको भन्ने केही अनलाईन पत्रिकाहरूमा छापिएका खबर पूर्णतया झूठो भएको जानकारी गराउन चाहान्छु। 'यस्ता कपोलकल्पित, मनगढन्ते र राष्ट्रको गरिमा घटाउने समाचारहरूले नेपाल र नेपालीको गर्व र सम्मानमा ठेस लाग्ने भएकोले यस्ता समाचार संप्रेषण गरेर पत्रकारिताको धर्म र समाज प्रतिको दायित्व नबिर्सन अनुरोध गर्दछु। ''
यसअघि समाचारदैनिकले पूर्वराजा शाहले रअका प्रमुखसंग भेटको समाचार तथ्यसहित प्रकाशित गरेको थियो ।
यो पढ्नुहोस..
पूर्वराजा ज्ञानेन्द्रसँग रातकाे ११ बजे भेट, प्रमलाइ भेट्न नीजि सवारीमा बालुवाटार
प्रतिकृया दिनुहोस