• आइतबार ५-८-२०७६/Sunday 08-25-2019/ 11:49 pm

मिथिला समाजको अवस्था र पति पत्निबीचको प्रेम दर्शाउने ‘कजरी’

जनकपुरधाम । मिथिला संस्कृति लोकगीतको मामिलामा धेरै नै समृद्ध रहेको पाइन्छ । यहाँ प्रत्येक महिनाका लागि अलग प्रकारको लोकगीत, कुन समयमा कस्तो प्रकृतिको गीत गाउने गरिन्छ । विभिन्न विधि विधानका लागि अलग प्रकारको गीतहरु पाइन्छ । मैथिली लोकगीतहरु मध्ये एक हो ‘कजरी’ गीत । जुन साउन महिनामा मिथिलाञ्चलमा गाइने पती पत्नी बिचको प्रेम दर्शाउने गीत हो । 

वर्षाको मौसम र साउन महिना अर्थात मधुमासमा गाइने विशिष्ट प्रकृतिको लोकगीत ‘कजरी’ हो । एकातर्फ मिथिलाञ्चलको मन्दिरहरुमा यो महिनामा भगवान सीताराम वा राधाकृष्णको प्रतिमालाई विशिष्ट प्रकारको आसनमा राखेर झुलाउँदै झुलन गीत गाइन्छ भने अर्कोतर्फ घर घरमा नवविवाहिता महिला वा युवतीहरु यो गीत गाउने गर्छन् । ‘कजरी’ गीतले महिलाको विरहपन तथा एकांकीपनको वेदनालाई दर्शाउने गरेको मैथिली साहित्यकार एवं राजनीतिज्ञ विन्दु ठाकुरले बताइन् । उनका अनुसार मैथिल समाजको गरिबीलाई यस गीतबाट स्पष्ट हुन्छ । परिवारको भरन पोषणका लागि रोजगारीका लागि विदेशिएका श्रीमानको विरहमा यो गीत मूलतः गाइन्छ उनको भनाई छ ।  मधुमासको समयमा पति टाढा रहेको समयमा नवविवाहिता महिलाहरु खास गरेर यो गीतलाई नै आफ्नो सहारा बनाउँछन् । 

‘कजरी’ गीतको उत्पति कहिले र कहाँ बाट भएको भन्नु कठिन रहेपनि यो गीतको एतपति मानव सभ्यताको विकास भएसंगै भएको हुन सक्ने अनुमान गरिन्छ । ‘कजरी’ गीत मिथिलाञ्चलमा प्राचीन समयबाट नै गाइँदै आएको पाइन्छ । कजरीको स्वरुप अहिले विशाल भएपनि कजरी गायनको आरम्भ देवी गीतबाट नै हुन्छ । यो गीतमा वर्षा ऋतुका साथै मधुमासको स्पष्ट चित्रण रहेको पाइन्छ । 

पछिल्लो समय लोपोन्मुख अवस्थामा रहेको यो गीत कुनै समयमा घर घरमा समूह बनाएर नै गाइने गरिन्थ्यो । पहिलेको मैथिल समाजमा यसलाई मनोरञ्जनको साधनको रुपमा लिइन्थ्यो ।  तर, समाजमा आधुनिकता बढेसंगै एक अर्काबिचको सामिप्यता समेत बढ्दै गईरहेको तथा पारिवारिक चरित्र व्यक्तिवादी हुन थालेपछि यस प्रकारको मौलिक संस्कृति नै धरापमा परेको मैथिलीका संगीतकार एवं गायक सुनिल मल्लिक बताउँछन् । 

‘कजरी’ गीतलाई पावस गीत समेत भन्ने गरिन्छ । कजरी गीतलाई कुनै विशेष रागमा बाँध्नु कठिन भएपनि यसमा मुख्यतः पिलु राग, भोपाली रागको प्रयोग भएको पाइन्छ । संगीतिकार मल्लिकले कजरी गीत शास्त्रीय गीतका साथै लोकगीतको अद्भूत संगम रहेको बताए । यसमा शास्त्रीयता प्रचुर मात्रामा रहेकोले गाउनु त्यती सहज नरहेको उनी बताउँछन् । यद्यपि संगीतमा धनी मिथिला समाजमा घर घरमा कजरी गीत गाइने गरिन्छ ।

घर छोडेर परदेश गएका प्रियतमसँगको मिलन आशामा प्रेमिका तडपिएकी हुन्छिन् ।  प्रेमिकासँगको वियोगमा परेका प्रेमीप्रेमिकाको आँखामा आँसु भरिएको हुन्छ । साउनको उल्लासमय एवं चिसो वातावारणमा पनि मन चिन्तित देखिन्छ । कालो बादलको गर्जन र विजुलीको चम्काइले मनमा चिन्ता उत्पन्न गराइदिन्छ ।

करु कौन जतन अरी ऐ सखी,
मोरे नयनो से बरसे बादरिया ।
उठी काली घटा, बादल गरजे,
चली ठन्डी पवन, मोरा जिया लरंजे ।
यी पिया मिलनको आस सखी,
परदेश गए मोरे साँवरिया

 

विरहणीको पीडायुक्त आवाज उसको मनको व्यथा तथा आँखाबाट झरेको आँसुले त्यस बेलाको अवस्थालाई निकै कारुणिक बनाइदिन्छ ।

सखिया श्याम नही घर आये,
वरखा वरसन लागेना
वादल गरजे विजुली चमके
जियरा धडके ना‘

 

नन्द भाउजूलाई झुलामा झुल्नका लागि आग्रह गर्छिन् तर, भाउजू तयार हुँदिनन् किनकि उनको सामु प्रियतम छैनन् । साउनको सुहाउँदो वातावरणमा बिना प्रियतमको झुला झुल्नुको महत्व हुँदैन । साउनको उल्लासमय वातावरणबीच पतिपत्नी र प्रेमीप्रेमिकाको अनुरागमा आनन्द अभिव्यक्ति व्यक्त गरिन्छ । विदेश गएका पतिका कारण घरमा पत्नीहरू वियोगमा जीवन बिताउन बाध्य हुन्थिन् । बिदेसिएका पतिलाई आउन आग्रह गरिएको छ ।

सखी हे सावनमे डरलागे
जियरा धड्धड् धड्केना
श्याम घटा चहु ओर
देखावय विजुली चमकेना
पिया मोरा परदेश गेल सुन सेजवा भावेना
झिगुंदादुा मोर पपिहरा कोइली कुहे ना
सखी हे सावनमे डर लागेना ।

 

साउनको सरस र सुन्दर मौसममा प्रियतमा एवं प्रियतम स्वतन्त्रतापूर्वक समय विताउने गर्दछ यो मनोरम मौसम सुखसयलका लागि सुहाउँदो किसिमको हुन्छ । यस्तो सुहाउँदो समयमा संयोगेच्छ तथा कामोत्तेजनाकोे काउकुति लाग्नु एउटा मनोवैज्ञानिक सत्य पनि हो ।सावन भादोमे वलमुए

हे पाँच रुपैयाँ नोकरी सेलायल
चुअई बंगला, गहना गदाउ
कि छ वाउवंगला
साउन भादो मे सावन भादोमे
वलमुए हे चुअई छई वंगला‘

 

झुलापर्वसँगै गाइने यस लोकगीतबाट साउन–भदौमा सम्पन्न हुने सांस्कृतिक रमझमको साथै मिथिलाञ्चलमा व्याप्त गरिबी वर्णन पनि गरिएको छ भने महिलाको आभूषण अभिव्यक्ति पनि भेटिन्छ ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कैलाली जिल्ला कारागार : पालको टहरामुनि बस्न बाध्य छन् कैदीबन्दी

  • ८ भदौ, २०७६

धनगढी । जिल्ला कारागार कैलालीलाई कारागारभित्र रहेका कैदीबन्दीको व्यवस्थापनमा समस्या भएको छ । क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी भएपछि कारागार

बाढीकाे पूर्वसूचना मोबाइलमा पाएपछि कन्काई तटीय क्षेत्रका नागरिक खुसी

  • ७ भदौ, २०७६

झापा । ‘हामी त राजमार्गभन्दा धेरै तल कन्काई नदीको नजिकै गाउँमा बस्छौं । नदीमा आएको बाढीले धेरै छिमेकीका घरजग्गा वागएको आफ्नै आँखाले झलझलि देखेका

अस्पतालमा ‘आर्ट थेरापी’ : क्यान्सर पीडित बालबालिकामा छायो खुसी

  • ७ भदौ, २०७६

काठमाडाैं । स्थान : कान्ति बाल अस्पलात, महाराजगञ्ज, काठमाडौं ।  समय : बिहीबार दिउँसो २ बजे । करिब १० जना चित्रकारहरु झण्डै १०÷१२ जना बालबालिकासंग