• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

बुबाकाे इच्छा पूरा गर्न छोराले शवलाई साक्षी राखेर गरे बिहे

एजेन्सी । भारतको तामिलनाडुको विल्लपुरममा छोराको बिहेको केही अघि मात्र बुबाको निधन भएको छ । तर, बुबाको अन्तिम इच्छा पूरा गर्न छोराले बुबाको शवलाई छेउमा राखेर सात फेरो लगाएका छन् । यो घटना टिन्डिवनम क्षेत्रको सिंगनुर गाउँको हो । 

३१ वर्षीय डी अलेक्जेन्डरको विवाह २ डिसेम्बरका लागि तय भएको थियो । शुक्रबार अचानक अलेक्जेन्डरका बुबा देवमणिको निधन भयो । देवमणि छोराको विवाहलाई लिएर धेरै खुसी भएका थिए र विवाहको तयारसमेत गरिरहेका थिए । 

छोराको बिहे धुमधुमसँग गर्ने उनको ठूलो इच्छा थियो । तर, अचानक उनको मृत्यु भयो र परिवार यस घटनाले स्तब्ध भयो । यहीबीचमा अलेक्जेन्डरले पिताको क्रियाकर्म गर्नुभन्दा अगाडि बिहने गर्ने र बुबाको इच्छा पूरा गर्ने निधो गरे । 

अलेक्जेन्डरको प्रस्तावमा बेहुली तयार भइन् 

अलेक्जेन्डरले आफ्नी हुनेवाली श्रीमती अन्नपूर्णनी (२७) सँग कुराकानी गरे । अन्नपूर्णनी एक विद्यालयकी शिक्षिका हुन् । उनी अलेक्जेडरको प्रस्तावमा सहमत भइन् र विवाहका लागि तयार भइन् । दुवै पक्षले बिहेको तयारी गरे । उनीहरु वैवाहिक बन्धनमा पनि बाँधिए ।

मृतक बुबालाई पनि लगे जन्ती

विवाहको समयमा बेहुला–बेहुली र परिवारका अन्य सदस्यले शवसँग तस्बिर खिचे । जन्तीमा सहभागी गराउन शवलाई नुहाएर नयाँ कपडा लगाइयो । शुक्रबार वैवाहिक कार्य सम्पन्न भएपछि शवको अन्तिम संस्कार गरिएको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर