• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

हङकङ : विमानस्थल पुन सञ्चालनमा, प्रदर्शनकारीको भेषमा खटिए प्रहरी 

एजेन्सी । आइतबार भएका सरकारविरोधी प्रदर्शनमा प्रदर्शनकारीको भेषमा आफ्ना केही अधिकारीलाई खटाइएको हङ्‍कङ प्रहरीले स्वीकार गरेको छ । 

ज्यादै हिंसक प्रदर्शनकारीहरूलाई निसानामा पार्न त्यसो गरिएको बताएको छ । प्रहरी प्रवक्ताका अनुसार केही अधिकारीले विभिन्न भेष बदलेर हिंसक प्रदर्शनकारीहरूलाई निसानामा पारेका थिए ।

आइतवार भएका झडपका बेला सन्दिग्ध प्रहरी अधिकारीले प्रदर्शनकारीलाई पक्राउ गरेको भिडिओ सार्वजनिक भएपछि प्रहरीले स्विकार गरेको छ ।

प्रदर्शनकारीहरूले प्रहरीको व्यवहारको छानबिन गर्न माग गरेका छन् । 

यसबीच धर्नामा बसेका सयौँ प्रजातन्त्रसमर्थक प्रदर्शनकारीहरू बाहिर निक्लिएपछि हङ्‌कङ विमानस्थल पुनः सञ्चालनमा आएको छ।

उड्डयन अधिकारीहरूले केही घण्टामा त्यहाँ उडानहरू सुरु हुने बताए । प्रदर्शनकारीले विमानस्थलमा कब्जा जमाएपछि सोमवार उडानहरू स्थगित भएका थिए ।

अमेरिकी सिनेटका रिपब्लिकन नेता मिच मक्कनेलले प्रदर्शनकारीविरुद्ध हुने हिंसक कारबाही पूरै अस्वीकार्य हुने भन्दै चीनलाई चेतावनी दिएका छन् । बिबीसी

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर