• शनिबार ४-३२-२०७६/Saturday 08-17-2019/ 05:27 pm

नेकपा सचिवालय बैठक आज, विभिन्न विभागको टुंगाे लगाउने सम्भावना

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्ने भएको छ । बैठक आज अपरान्ह तीन बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

यसअघि, साउन १३ गतेको बैठकमा केन्द्रीय विभाग, केन्द्रीय कमिटीका सदस्यको कार्यविभाजनबारे भएको छलफलमा केन्द्रीय कमिटीका सदस्यको कार्यविभाजनका निम्ति सबैसँग रुचिका प्राथमिकताबारे सल्लाह गर्न र व्यवस्थित तथा परिमार्जित प्रस्ताव ल्याउन सचिवालय सदस्यलाई निर्देशन दिइएको थियो ।

नेकपामा स्कुल विभाग कसलाई दिने भन्नेबारेमा विवाद हुँदै आएको छ । उक्त विभागमा प्रवक्ता श्रेष्ठसहित सचिवालय सदस्य झलनाथ खनाल, ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य घनश्याम भुसाल र वेदुराम भुसाललगायतको जिकिर भएको कुरा बाहिर आएको थियो ।

अन्य विभागको टुंगो लागेपनि स्कुल विभागको कुरा नमिल्दा नेकपाको सचिवालय बैठक पटक–पटक सर्दै आएको छ । पार्टी एकता भएको एक वर्ष पूरा भएपनि अझै एकताको प्रक्रिया पूरा हुन सकेको छैन ।

अहिलेसम्म प्रदेश कमिटी र जिल्ला कमिटी गठन भइसकेका छन् भने पोलिटब्युरो गठन, केन्द्रीय कमिटीको कार्यविभाजन, जनवर्गीय संगठनको कमिटीलाई पूर्णता दिन बाँकी छ । यसैगरी, राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहकार समिति, केन्द्रीय आयोग, ज्येष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय विभाग गठनको कामसमेत पूरा हुन सकेको छैन । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

'पार्टी एकता नगरेको भए हुन्थ्यो भन्ने अनुभूति हुन्छ', विभाग टुंगिए लगत्तै प्रचण्डले किन यसाे भने ?

  • ३२ श्रावण, २०७६

काठमाडौं । शुक्रबार मात्रै पार्टी एकता सम्बन्धी महत्वपूर्ण निर्णयमा हस्ताक्षर गरेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिववार

रवि लामिछानेको मुद्दा अब कसरी अघि बढ्छ ? 

  • ३१ श्रावण, २०७६

काठमाडौं । माउन्टेन टेलिभिजनमा कार्यरत नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा संचारकर्मी रवि लामिछाने, न्युज २४ टेलिभिजनमा

दुरुत्साहन मुद्दा: मोरङमा एक जना थुनामा, केही धरौटीसहित पुर्पक्षमा

  • ३१ श्रावण, २०७६

विराटनगर । मोरङ सुन्दरहरैंचा १ का प्रेम राई झुण्डिएको अवस्थामा मृत भेटिए । प्रेमिका सन्जु विश्वकर्मा मोरङ कारागारमा थुनामा छिन् । आत्महत्या गर्न