• बुधबार ७-६-२०७६/Wednesday 10-23-2019/ 03:58 pm

कांग्रेस केन्द्रीय समिति बैठक : अनुशासन समितिको प्रतिवेदन पेस, एक हजार बढी उजुरी

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पार्टी अनुशासन समितिको प्रतिवेदन पेस भएको छ । पार्टी कार्यालय सानेपामा बुधबार बसेको बैठकमा समितिका संयोजक भीष्मराज आङदम्बेले केन्द्रीय समितिमा प्रतिवेदन पेस गरेका छन् ।
लगभग एक हजार उजुरी अनुशासन समितिमा दर्ता भएपनि बाँकी उजुरीका विषयमा समितिले छानबिन गरिरहेको जनाइएको छ । अनुशासन उल्लंघनका घटना फरक–फरक ढंगका भएको भन्दै समितिले कारबाहीको दायरा पनि फरक गर्न सुझाएको छ ।

नयाँ विधान र नियमावलीका आधारमा बाँकी कारबाही प्रक्रिया अघि बढाइने भएको छ । आउँदो उपनिर्वाचन गर्नुपर्ने स्थानहरुमा कुन मापदन्डबाट उम्मेदवार चयन गर्ने भन्ने विषयमा पनि बैठकमा छलफल भएको बताइएको छ ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

राजपा–समाजवादी एकताको बाधक सरकार, औपचारिक वार्ता हुनै सकेन !

  • ६ कार्तिक, २०७६

काठमाडौं । मधेसकेन्द्रित दल राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी नेपालबीचको एकताको चर्चा चलेको लामो समय भइसक्यो । यसबीचमा दुई दलबीच धेरै

नयाँ सभामुख को ? सुवासचन्द्र नेम्वाङको रुचिमा पूर्वमाओवादी तगारो

  • ६ कार्तिक, २०७६

काठमाडौं । पूर्वसभामुख तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई समाचार दैनिकले अबको सभामुख तपाईं नै हो ? भनेर प्रश्न गरेको थियो । कुटिल तथा

संक्रमणकालीन न्यायको विषयलाई छिटो टुङ्गाउन सत्तापक्ष र प्रतिपक्ष सहमत

  • ६ कार्तिक, २०७६

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेताहरुबीच संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा बुधबार