• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

रवि, अस्मिता र युवराज विरुद्ध किटानी जाहेरी दिने पुडासैनी परिवारको तयारी

‘हामीले अहिलेसम्म भिडीयो हेर्न पाएका छैनौें’ 

चितवन । गत साउन २० गते चितवनको नारायणगढस्थित एक होटलमा झुण्डिएको अवस्थामा मृत फेला परेका पत्रकार शालिकराम पुडासैनीको ‘सुसाईट भिडियो’ यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । 

भिडियो सार्वजनिक भएसँगै पुडासैनीको आत्महत्या रहस्यमय बन्दै गएको छ । अनुसन्धानकै क्रममा रहेको भन्दै अहिलेसम्म परिवारलाई समेत नदेखाइएको उक्त भिडियो सञ्चारमाध्यमबाट सार्वजनिक भयो । अनुसन्धानका लागि सुरक्षित राखिएको भनिएको उक्त भिडियो सार्वजनिक भएपछि यतिबेला प्रहरी प्रशासन नै चकित भएको छ भने परिवारजन थप पिडामा परेको छ । 

उता, मृतक पुडासैनिकको परिवार भने शालिकरामको मृत्यु भएको ११ औं दिनको काजकिरिया गरिरहेको छ । मृतकको १४ औं पुण्यतिथिको काम सकेर भिडियोमा नाम आएका तिनै जना विरुद्ध दुरुत्साहन किटानी जाहेरी गर्ने तयारीमा परिवार छ ।

समाचार दैनिकसंगको कुराकानीमा पुडासैनीका छिमेकी गोकर्णनाथ न्यौपानेले भने–‘हामी अहिले काममा छौं । शोकमा छांै । अब यो काजकिरीया सकिएपछी चितवन पुगेर तिनै जनाको नाममा किटानी जाहेरी दिन्छौ ।’

‘यसअघि पत्रकार पुडासैनिको शव फेला परेको होटल सञ्चालकको नाममा किटानी दिने मनस्थिती बनाएपनि पछी कसैको नाम नराखिकन किटानी जाहेरी दिएका थियौं अब हामीसंग प्रमाण छ ।’ उनले भने–‘मर्नु भन्दा अगाडी कसैले गलत बोल्न सक्दैन । आफ्नो ज्यानको माया मारेको मान्छेले कसरी झुट बोल्छ ? अब हामीसंग प्रमाण भयो त्यसैलाई आधार बनाएर १४ औ दिनमा दुरुत्साहनको किटानी जाहेरी दिन्छौं ।’ 

उनले सञ्चार माध्यममा आएको जस्तो भिडीयो आफूहरु संग नभएको र अहिलेसम्म सम्बन्धित निकायबाट पनि हेर्न नपाएको दोहोराएका छन् ।    
भिडियोमा मृतक पुडासैनीले न्यू २४ टिभीमा ‘सिधाकुरा जनतासंग’का प्रस्तोता रवि लामिछाने सहित तीन जनाले आफूलाई आत्महत्या गर्न बाध्य पारेको उल्लेख गरेका छन् ।

यसअघि चितवन प्रहरीले फेला पारेको यस भिडियो बारे समाचार आएपछी चितवन प्रहरीले विज्ञप्ती नै जारी गरेर भिडियो फेला परेको समाचार भ्रामक भन्दै समाचारको खण्डन गरेको थियो । 

भिडियो सार्वजनिक बारे जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले यो भिडीयो प्रहरीसंग मात्रै रहेको र अनुसन्धानको लागि काठमाडौं पठाइएको बताए । भिडीयोको रिपोर्ट आज आउने भन्दै उनले भने–‘हामी संग भएको भिडीयोका आधारमा हामी अनुसन्धान गर्छौं ।’

माउण्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनी कामको शिलशिलामा चितवन आएका थिए । उनी सोमबार दिउँसो साढे ३ बजेको हाराहारीमा होटल प्रवेश गरेका थिए । होटलका कर्मचारीले साँझको खाना खान बोलाउन जाँदा उनी बसेको कोठा नम्बर २०२ नखुलेपछि प्रहरीलाई खबर गरेका थिए । 
राति १० बजे आएको प्रहरीले ढोका फोडेर हेर्दा उनी पंखामा झुण्डिएको अवस्थामा फेला परेको थियो । घटनाको प्रकृति हेर्दा आत्माहत्या नै भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको चितवन प्रहरी प्रमुख दानबहादुर मल्ल बताउँछन् ।
 
नुवाकोटको बेलकोटगढी नगरपालिका वडा न २ कुमरी घर भएका पत्रकार पुडासैनी हाल माउण्टेन टेलिभिजनमा कार्यरत  थिए । उनले ‘मिसन न्युज’ कार्यक्रम चलाउँदै आएका थिए । यसअघि उनी न्यूज २४ को ‘सिधा कुरा जनतासंग’ कार्यक्रममा कार्यरत थिए । सार्वजनिक भिडियोमा सञ्चारकर्मी लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीले आत्महत्या गर्न बाध्य पारेको मृतक पुडासैनीले उल्लेख गरेका छन् । 

मुलुकी अपराध संहिता अनुसार के हुन सक्छ कारबाही ?
मुलुकी अपराध संहिताले भने यदी कसैले कसैलाई आत्महत्ष गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्नेसम्मको परिस्थिति गर्न गराउन नहुने उल्लेख गरेको छ । साथै, त्यस्तो अवस्था सिर्जना गराउनेलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिबाना हुने उल्लेख छ ।

पुडासैनीले आत्म हत्या गर्नुअघि के भनेका थिए ?
म सेक्यूरिटी अफिस चलाएर बसेको थिए । युवराज कंडेलसँग भेट भयो । उसले मलाई न्यूज २४ मा तान्न कोसिस गर्यो । जान्न भने, केही भिडियोहरू मोवाइलमा खिचेको थिए । रवि दाइ दिपक दाईले कर गरे । यत्रो विजिनेश छ, गर्दिन भने । महिनाको १ डेढलाख कमाएको थिए । धेरै प्रेसर गरेपछि गरौं न त  भने । पार्ट टाईम गर्न थाले । महिनाको जम्मा १५ हजार दिए । ठिकै छ भनेर काम गर्न थाले । त्यसपछि मलाई फुल टाईम गर्नपर्छ भनेर प्रेशर गर्न थालियो । सिदार्थ बैंकमा त्यत्रो ऋण थियो । अहिले पनि छ त्यो कसरी तिर्नु होला । 

म पहिलानै त्यो युनिटका कारण डिप्रेसनमा पुगिसकेको थिए । त्यसपछि मैले अफिस छोडें । म गलत थिईन । अफिस छोड्ने बेला रवि दाई र दिपक दाईले बोलाउथे । मलाइ कति दुख दिए । दिपक दाईले पाट्ट पिट्ट गर्थे कतिपटक मलाई लुगामा समाएर तान्थे, घोक्राउथे, दुनियाथरी भन्थे । जनतासँंग सिधाकुराको दम्भ यति थियो, कतिलाइ विना कारण दोष लगाएर न्यूज बनाउने । मलाईपनि त्यसै गर भनियो । 

जो संग रिस उठेको छ त्यसैलाई सिध्याउँथे । व्यक्तिगत रिसिवी टिभिमा ल्याएर देखाउथे । मलाई पनि त्यसै गर भनियो ।  जोसँग रिस उठ्यो त्यसैलाई सिध्याउने ।  पछि हुंदै गएपछि स्यालरी बढाउछु भने । मेरो जम्मा १८ हजार पुर्याए । वैंकको किस्ता १८ हजार ५ सय हाल्नु पर्ने थियो । अनि कहाँबाट ल्याएर हाल्ने ? दिन रात काममा घोटिनुपर्ने । अनि म त्यहाँ टिक्नै नसक्ने हुन थाले । त्यसपछि जहिल्यै टर्चर गर्न थाले । ऋण गरेर किस्ता हाल्न थालें। जसोतसो मैले तलव बढाउन धेरै भने । 

तर अत्याधिक टर्चर हुन थाल्यो । रवि दाईले यति काम लगाउथे । तर तलव कहिल्यै बढाएनन् । अती दुख गरें । थोत्रो बाईक दिएको थियो । महिनाको ४,५ हजार खर्च हुन्थ्यो । लास्ट दुई महिना साढे १९ हजार भयो । कोठाको भाडा, मैले पेट पाल्नुपर्ने, बाईक खर्च हुन्थ्यो । नछोड नछोड,छोडिस भने तलाई सिध्याईदिन्छौं भने । मलाई त्यहाँ काम गर्ने क्याविन थिएन । कम्प्युटर थिएन । 

युवराजको कम्प्युटरमा लक लगाईदिन्थ्यो । माथि गएर काम गर्थे । त्यसपछि म छोड्ने निर्णयमा पुगें । तर युवराज र दिपक दाईले नछोड बरु अष्ट्रेलिया पठाईदिन्छु भने । एउटा केटी मिलाई दिन्छु भनें । युवराजले अस्मिला कार्की भन्ने जोडाईदियो । अनि हामी नजिकिन थाल्यौं । सवै कुरा हुन थाल्यो ।  उसले हरेक सानो काम पनि मलाई लगाउथी । त्यपछि उसले मलाई हेप्न थाली । त त र म म गरि खाते भन्न थाली ।  त्यसपछि म मउन्टेन टिभीमा जोडिए । त्यसपछि युवराजले तं फसिस भने ।

ठिकै छ भने । उनिहरुले युवराज र रवि दाई मिलेर मलाई फसाउने प्लान बनाएका रहेछन् । मलाई फसाउदैछन् भन्ने सवैतिरबाट थाहा पाए ।  सवै साथीहरुले सालिक तपाई फसाउदैछन् भने । तयसपछि मैले यो डिसिजन लिए । मलाई माफ गर संझना । करोडौंको सम्पत्ती छ मैले जोडे...तर...म रातभरी रातभरी .. तर रवि लामिछाने... दुनियालाई थर्काएको छ । मलाई भनिस् भने मारिदिन्छु भन्थ्यो । तर याद गर तिमिलाई एक दिन पोल्छ । तिमिजस्तो भ्रष्ट अरुको प्रगति देख्न नसक्ने ।

रविका अन्धभक्तहरुले ठिक छ भन्लान । रवि आफु पैसा लिदैन । उसले वेलकम एडभर्टाईजिङ मिडिया मार्फत लिन्छ । करोडौं असुलेका छौं रवि तिमिले । तिमिलाई नेपालको कानून अनुसार कारबाही होस। मलाई मर्न बाध्य पार्ने तिमि हौं ।  अस्मिता कार्कि, अहिले विपि स्मृती अस्पतालमा काम गर्छे । रवि, युवराज कडेंल हो मलाई मार्न बाध्य पार्ने । दिपक दाईको दोष छैन ।  उनिहरुलाई नेपालमा कानून बन्यो भने फाँसि दिए हुन्थ्यो ।

याे पनि ः 

पत्रकार पुडासैनीले मर्नुअघि रुदै भनेका छन्, ‘मेराे हत्यारा रवि, अस्मिता र युवराज हुन्’ (भिडियोसहित)

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर