• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

जापानको ४०० वर्ष पुरानो बौद्ध मन्दिरको पुजारी रोबोट

क्योटो । जापानको क्योटोस्थित ४ सय वर्ष पुरानो एक बौद्ध मन्दिरमा एक रोबोटलाई पुजारी बनाइएको छ । यो रोबोटले मन्दिरमा पूजा गर्न आएका भक्तजनकालाई दया तथा करुणाको सन्देश दिन गरेको छ । मन्दिरमा रहेका अन्य पुजारीले रोबोट पुजारीलाई सहयोग गर्छन् । 

मन्दिरको पुजारी रोबोट राख्ने विषयमा धेरै विवाद भएको थियो । तर, त्यहाँका पुजारीहरु र स्थानीयले सहमति दिएपछि मन्दिरमा रोबोट पुजारी राखिएको हो । 

कोदाइजी मन्दिरका पुजारी थेनसे गोटो भन्छन्, ‘यो रोबोट कहिल्यै मर्दैन । समयक्रमसँगै यसले आफूमा केही सुधार गर्दै जानेछ र आफैंलाई परिवर्तित समयअनुसार सान्दर्भिक बनाउनेछ । परिवर्तन भइरहेको बौद्ध धर्मअनुसार यसले लगातार आफ्नो ज्ञान वृद्धि गर्नेछ र यो सधैं समयअनुसार नै चल्नेछ ।’
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर