• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

२ सय २१ प्रेमीसँग सम्बन्धन असफलपछि कुकुरसंग बिहे गर्ने मोडल 

एजेन्सी । बेलायती  ४९ वर्षीया मोडल इलिजावेथ होडले टेलिभिजन कार्यक्रमको प्रत्यक्ष प्रसारणमा आफूले पालेको कुकुरसँग विवाह गरेको बताएकी  छन् । उनी धेरैसंग प्रेम सम्बन्धनमा बसेको तर कुनै पनि प्रेम सफल नभएपछि उनले आफैले पालेको कुकुरसंग बिवाह गरेकी बताइन् । 

उनी २ सय २१ प्रेमीसँग सम्बन्धनमा रहेकी थिइन् ।  इजिजावले सन् १९९० को दशककी चर्चित पेज ३ मोडल हुन् । त्यसबेला बेलायतमा पेज ३ भन्ने ट्रेन्ड थियो । पेज ३ ट्याबलोइड पत्रिकामा मोडलहरु समावेश गरिने स्थान थियो । 

तर, धेरै पटकको सम्बन्ध विच्छेद र असफल प्रेम सम्बन्धपछि आफूले सम्बन्धमा दिगोपन चाहेको इलिजावेथको भनाइ छ । उनका अनुसार कुकुर मानिसजस्ता जाली र झेली हुँदैनन् । उनले कुकुरसँग विवाह गरेपछि पुरुष किन चाहियो भन्ने प्रश्न पनि गरेकी छन् । साथै जनावरबाट पनि उनले आफनोले गरे भन्दा धेरै माया पाएको बताएकी छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर