कौटिन्हो बायर्नमा अनुबन्ध
एजेन्सी । ब्राजिल तथा बार्सिलोनाका मिडफिल्डर फिलिप कौटिन्हो जर्मन क्लब बार्यन म्युनिखमा अनुबन्ध भएका छन् । बार्यनमा उनलाई १० नम्बरको जर्सी उपलब्ध गराइएको छ ।
कौटिन्हो एक वर्षका लागि लोनमा बायर्न गएका हुन् । उनी लोनमा गए पनि बार्सिलोनाले कौटिन्होलाई बायर्नमा स्थायी अनुबन्ध गर्ने बाटो पनि खोलिदिएको छ ।
बार्यनमा अनुबन्ध भएका कौटिन्होले क्लबबाट धेरै उपाधि जित्ने चाहना भएको बताएका छन् । उनले आफूले बार्सिलोनमा रहँदा सोचेजस्तो गर्न नसकेको भए पनि बायर्नमा धेरै उपाधि जित्ने चाहना रहेको बताएका छन् ।
प्रतिकृया दिनुहोस