• बिहीबार ११-१५-२०७६/Thursday 02-27-2020/ 10:49 am

सुदूरपश्चिमका स्थानीय तहको साढे ६३ करोड बेरुजु असुलउपर भएन

धनगढी । कानुनबमोजिम भुक्तानी दिन नहुने रकम भुक्तानी गर्ने, बढी हुने गरी भुक्तानी गर्ने र घटी असुल गर्नेजस्ता आर्थिक अनियमितताका कारण सुदूरपश्चिका स्थानीय तहको साढे ६३ करोड बढी बेरुजु रहेको छ। 

प्रदेशका ८८ स्थानीय तहमा आर्थिक वर्ष २०७४/७५ मा ६३ करोड ५४ लाख बेरुजु रहेको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ। कैलालीका स्थानीय तहहरूको पनि करोडौँ बेरुजु छ। आर्थिक वर्ष २०७४/०७५ मा गोदावरी नगरपालिकाको मात्र नौ करोड ४२ लाख बेरुजु छ। 

महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा आवश्यक विधि प्रक्रिया नपुगाएर पाँच करोड २५ लाख जमिन खरिद गरेको, अन्य अनियमित पेश्कीको तीन लाख सहित नौ करोड ४२ लाखको बेरुजु नगरपालिकाको देखाएको थियो। उक्त बेरुजु फर्छ्योट गर्न प्रक्रियाको सुरुवात समेत नभएको गोदावरी नगरपालिकाका लेखा अधिकृत रामचन्द जोशीले बताए। 

स्थानीय सरकारले  विकास र साधारणतर्फ गरेको करोडौं खर्चको औचित्य पुष्टि गर्न नसक्दा बेरुजु बढ्दै गएको छ। कानुनबमोजिम भुक्तानी दिन नहुने रकम भुक्तानी गर्ने, बढी हुने गरी भुक्तानी गर्ने र घटी असुल गर्ने जस्ता आर्थिक अनियमितताका कारण स्थानीय सरकारमा बेरुजु बढ्दै गएको हो। धनगढी उप–महानगरपालिकाको मात्र ३७ लाख ३४ हजार बेरुजु  छ। उप–महानगरपालिकाले पनि फर्छ्यौटको प्रक्रिया अगाडि बढाएको छैन्। 

उप–महानगरपालिकाको शिक्षा शाखामा मात्र २० लाख ९८ हजार बेरुजु रहेको छ। २० लाख ९८ हजार उप–महानगरपालिकाले असुल गर्नुपर्ने छ। यस्तै बर्दागोरिया गाँउपालिकाको ४० लाख ५२ हजार बढी बेरुजु रहेको छ। गाउँपालिकाले दुई लाख ६ हजार असुल गर्नुपर्नेछ। चार लाख १८ हजार कर्मचारीलाई दिएको पेश्की बेरुजु रकममा समावेश भएको बर्दागोरीया गाँउपालिकाका लेखा अधिकृत कमलराज जोशीले बताए। 

प्रदेशका स्थानीय तहमा बेरुजु बढ्दै गएपनि फर्छ्यौट भने प्रभावकारी हुन सकेको छैन्। आर्थिक वर्ष २०७४/०७५ मा देखिएको करोडौँको बेरुजु अझै फर्छ्योट नभएको पाईएको छ। बेरुजु बढ्दै गएपछि स्थानीय सरकारमा आर्थिक अनुशासन घट्दै गएको पुष्टि भएको छ। काूुनसम्मत कार्य नगर्दा नै बेरुजु हुन्छ। 

बेरुजुलाई सुशासन, कार्यसम्पादन, पारदर्शिता, वित्तीय जवाफदेही, उत्तरदायित्व, दिगो र सबल प्रशासनसँग जोड्ने गरिन्छ। बढेको बेरुजु परिमाणलाई फर्छ्योट गतिसँग तुलना गर्दा उल्लेखनीय प्रगति हुन सकेको देखिँदैन।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

प्रथम सुदूरपश्चिम खाना महोत्सव सुरु

  • १४ फाल्गुण, २०७६

धनगढी । धनगढीमा प्रथम सुदूरपश्चिम खाना महोत्सव–२०७६ सुरु भएको छ । होटल ब्यवसायी संघ कैलालीको आयोजनामा “मौलिक परम्परा, संस्कृति र प्रकृति

विराटनगरमा नयाँ डेरी उद्योग स्थापना 

  • १४ फाल्गुण, २०७६

विराटनगर । विराटनगरको जतुवामा बुधबारबाट नयाँ डेरी उद्योग सञ्चालनमा आएको छ । करिव ६ करोड रुपैयाँको लगानीमा निर्माण भएको आधुनिक प्रविधियुक्त डेरी

प्रदेशसभा भवन निर्माणका लागि विराटनगर महानगरपालिकाद्वारा दश विकल्पसहित जग्गा प्रस्ताव

  • १४ फाल्गुण, २०७६

विराटनगर । प्रदेश १ को प्रदेशसभा भवन निर्माणका लागि विराटनगर महानगरपालिकाले दश विकल्पसहित जग्गा प्रस्ताव गरेको छ ।  महानगरपालिका भित्र १८