करदाता सेवा कार्यालय पाल्पाद्वारा ४५ करोड राजश्व संकलन
पाल्पा । करदाता सेवा कार्यालय पाल्पाले गत आर्थिक वर्ष २०७५।०७६ मा ४५ करोड ३२ लाख २६ हजार २ सय २३ रुपैंयाँ राजश्व संकलन गरेको छ ।
अघिल्लो आर्थिक वर्षमा जम्मा २१ करोड ३४ लाख ४३ हजार ४ सय ७३ रुपैया संकलनमात्र राजश्व संकलन गरेको करदाता सेवा कार्यालय पाल्पाका प्रमुख सागर पोखरेलले बताए । गत वर्षको तुलनामा यस वर्ष ९० प्रतिशतले राजश्वमा वृद्धि भएको पोखरेलले बताए ।उनले सरकारले करको दायरा बढाएको हुदाँ राजश्वमा वृद्धि भएको जानकारी दिए ।
राजश्व संकलन र करका बारेमा करदाता सेवा कार्यालयले पाल्पाले बेला बेलामा सचेतनामूलक कार्यक्रमहरु गरेको हुदाँ व्यावसायिहरुमा करको जानकारी हुनु र सरकारले ल्याएको करका नितकिा कारण पनि वर्षेनी राजश्व संकलनमा वृद्धि देखिएको करदाता सेवा कार्यालय पाल्पाले जनाएको छ ।
प्रतिकृया दिनुहोस