• शनिबार ८-२८-२०७६/Saturday 12-14-2019/ 01:59 pm

'आउने दशकमा सगरमाथाबाट समाजवादको नयाँ झण्डा फहराउने ईच्छा छ'–प्रचण्ड (भिडियाेसहित)

म जिवित छँंदै विश्वलाई समाजवादको मोडल दिने छु  

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफु जिवित छंदै विश्वलाई नेपाली समाजवादको मोडल प्रस्तुत गर्ने प्रतिवद्धता जनाएका छन् । 

डिपी ढकालद्वारा लिखित पुस्तक 'पूँजीवादी र समाजवादी अर्थराजनीतिक विकासक्रम'को सार्वजनिकीरण समारोहमा बोल्दै अध्यक्ष प्रचण्डले आम नेता कार्यकर्तालाई समेत समाजवादको बाटोमा लाग्न अपिल गरे ।

अध्यक्ष प्रचण्डले भने, ‘नेपालमा समाजवादी मोडल कस्तो हुने भन्ने ग्रेट डिबेटमा हामी छौं । अन्य देशले अबलम्बन गरेका मोडल हामी सजिलै भन्न छक्छौं । तर हामीले २१ औं सताब्दीमा कस्तो मोडल प्रस्तुत गर्ने भन्ने कुराको बहसमा हामी छौं । हामी दलाल पुंजी र नोकरशाही पुंजीवादका अघि आत्मसर्मपण गर्छौ वा समाजवादी कित्ता बनाउछौं ? लडाई यहीं छ । तपाई कुन कित्तामा हो ? म चै समाजवादी कित्तामा हो । 

म समाजवादी कित्तामा उभिन अपिल गर्न चाहान्छु । नेपालबाट नयाँ समाजवादी मोडल दिन सक्छौं । नेकपाका ९, १० लाख कम्युनिष्ट कार्यकर्ताको बीचमा हुने ग्रेट डिबेटले नयाँ मोडल दिन सक्छ । हामीले हिम्मत हार्नु हुंदैन ।’


 

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
Mani dahal लेख्नुहुन्छ २४ भदौ, २०७६ ३:३८ pm

भ्रस्ट, तस्कर, गुण्डा नाइके र माफियाका सरदारहरू र परिबारका सबै सदस्यलाई पार्टी तथा राजकिय क्षेत्रमा एकलौटी पजनि गर्ने बर्तमान कार्यशैलिले समाजबादको बतासे सपना बांडेर अझै जनतालाई मुर्ख नबनाउनुश कमरेड । पहिले तपाई आफैबाट सुद्दिकरण अभियान चलाउनुस ।

Mani dahal लेख्नुहुन्छ २४ भदौ, २०७६ ३:३७ pm

भ्रस्ट, तस्कर, गुण्डा नाइके र माफियाका सरदारहरू र परिबारका सबै सदस्यलाई पार्टी तथा राजकिय क्षेत्रमा एकलौटी पजनि गर्ने बर्तमान कार्यशैलिले समाजबादको बतासे सपना बांडेर अझै जनतालाई मुर्ख नबनाउनुश कमरेड । पहिले तपाई आफैबाट सुद्दिकरण अभियान चलाउनुस ।

किशोर राई लेख्नुहुन्छ २२ भदौ, २०७६ २:०६ pm

ठुलो गफगाफ नगरौ जराबाट उखालेर फालेको अवस्थामा देख्न नपरोस् नेपाली कम्युनिष्ट पार्टी र नक्कली समाजवादको नारालाई

शंकर बहादुर उखेडा लेख्नुहुन्छ २२ भदौ, २०७६ ०९:१६ am

एक दम सही हो

शंकर बहादुर उखेडा लेख्नुहुन्छ २२ भदौ, २०७६ ०९:१५ am

एक दम सही हो

कृष्णप्रसाद शर्मा लेख्नुहुन्छ २१ भदौ, २०७६ ८:०० pm

दर्शन अर्थशास्त्र बैज्ञानिक समाजवाद वारे बिगत वर्तमान र आगामी समाज बिकास आन्दोलनको कार्यदिशा सम्बन्धित सामाग्री तयारी तथा दैनिक प्रशारण तथा प्रशिक्षण टिवी/रेडीयो/युबटुब मार्फत निरन्तरतामा संचालन होस। यसरी नै बास्तविकता जनता बिच पुर्याउनु राम्रो हुनेछ।

तपाईँको मत

धनुषा बम विस्फोटमा संलग्न भएको आशंकामा तीनजना प्रहरीकाे नियन्त्रणमा

  • २८ मङ्सिर, २०७६

जनकपुरधाम । धनुषाको महेन्द्रनगरमा भएको बम विस्फोटमा संलग्न रहेको आशंकामा प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएको छ । धनुषा प्रहरीले घटना घटाएको

देउवा–पौडेल कफी वार्ता : महाधिवेशनको कार्यतालिका बनाउनुपर्ने पौडलको अडान कायमै

  • २८ मङ्सिर, २०७६

काठमाडौं । आपसी मनमुटाव अन्त्य गर्न कांग्रैस सभापति शेरवहादुर देउवासंग भएको छलफलमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले १४ औं महाधिवेशनको

आज पनि सर्यो नेकपा सचिवालय बैठक 

  • २८ मङ्सिर, २०७६

काठमाडौं । शनिबार बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक पुनः सरेको छ । शुक्रबार बस्ने भनिएको बैठक शनिबार पनि स्थगित भएको हो