• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

चन्द्रमाको सतहमा चन्द्रयानकाे लाेकेसन पत्ता लागेकाे खुलासा

नयाँ दिल्ली । भारतीय अन्तरिक्ष अनुसन्धान केन्द्र (इसरो) ले चन्द्रयान–२ का ल्यान्डर विक्रमको लाेकेसन पत्ता लगाउन सफलता प्राप्त गरेको छ । इसरोको प्रमुख डा. के सिवनले आइतबार चन्द्रमामा विक्रम ल्यान्डरको लाेकेसन पत्ता लगाएका छन् । आर्बिटरले ल्यान्डर विक्रमको केही तस्बिर खिचेको छ । विक्रमसँग सम्पर्क गर्न कोसिस जारी छ । 

इसरो ७ सेप्टेम्बरमा अन्तरिक्ष विज्ञानमा इतिहास रच्नबाट नजिक थियो, तर चन्द्रयान–२ को ल्यान्डर विक्रमका ल्यान्डिङ हुनबाट मात्र ६९ सेकेन्डअघि पृथ्वीबाट सम्पर्क विच्छेद भएका थियो । चन्द्रमाको दक्षिणी ध्रुवमा ल्यान्डर विक्रमलाई शुक्रबार राति १ बजेर ५३ मिनेटमा ल्यान्डिङ हुनुपर्ने थियो । यसपछि सिवनले भारतीय मिसन करिब ९९ प्रतिशत सफल भएको बताएका छन् । केवल अन्तिम चरणमा ल्यान्डरसँग सम्पर्क विच्छेद भएको थियो ।

सिवनले भनेको थियो, ‘ल्यान्डर विक्रमको ल्यान्डिङ प्रक्रिया एकदम सही थियो । जब यान चन्द्रमाको दक्षिणी ध्रुवको सतहबाट २.१ किलोमिटर टाढा थियो, अनि उसको पृथ्वीबाट सम्पर्क विच्छेद भएको थियो । हामी आर्बिटरबाट प्राप्त तथ्यांकका विश्वेषण गरिरहेका छौं । हामीले अन्तिम चरणमा केवल ल्यान्डरबाट सम्पर्क गुमाएका छौं । अबका १४ दिन सम्पर्क गर्ने कोसिसमा रहेनछौं ।’


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर