• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

‘छिटै नेपाल आउँछु' : मोदी, 'हातमा हात मिलाएर हिँड्न तयार छु' : ओली (भिडियोसहित)

'एक वर्षमा दुई मिलियन मेट्रिक टन पेट्रोलियम पदार्थ उपयुक्त मूल्यमा उपलब्ध गराउँछौं'

काठमाडौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसंग गरेका प्रतिवद्धता क्रमश पुरा गर्दै लैजाने बताएका छन् ।

भिडियो कन्फरेन्समार्फत नेपाल भारत पेट्रोलियम पाइपलाइनको उद्घाटन गर्दै उनले भने, 'नेपाल र भारतबीच भएको सहमति कार्यान्वयन गर्दै लैगिने छ, यसको महत्वपूर्ण कडि पाइपलाइन हो ।'  उनले समयमा नै पाइपलाइनको निर्माण स्म्पन्न भएको भन्दै भने, 'एक बर्षमा दुई मिलियन मेट्रिक टन पेट्रोलियम पदार्थ उपयुक्त मुल्यमा उपलव्ध गराउछौ , यसले नेपाली जनतालाई धेरै राहत पुराउने विश्वास लिएका छौ  । '

नेपाल र भारतको सम्बन्धको चर्चा गदै उनले नेपालको बिकासमा भारतका सकारात्मक सहयोग हुने स्पष्ट पारे । मोदीले आफु नेपाल आउन इच्छुक रहेको भन्दै उपयुक्त समयमा नेपालको भ्रमण गर्ने बताए ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पाइपलाईन दक्षिण एसिया मै पहिलो भएको बताए । उनले पाइपलाईन मार्फत तेल ल्याउदा मूल्य लागत र पर्यावरणको पनि बचत भएको बताए । उनले भने , 'अहिले हामिले २ रुपैया घटाएका छौ, बिस्तारै पेट्रोलियम पदार्थको क्षेत्रमा जनतालाई सहुलियत दिदै जानेछौ ।'

 प्रधानमन्त्री ओलीले नेपाल र भारतको सम्बन्ध निकै पुरानो र गहिरो रहेको समेत बताए । उनले भारतीय प्रधानमन्त्री संग हातेमालो गदै अघि बढ्न तयार रहेको स्पष्ट पारे । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर