• सोमबार ६-६-२०७६/Monday 09-23-2019/ 02:58 pm

एसिसी यू १९ : अन्तिम खेलमा नेपालद्वारा युएई १६० रनले पराजित

काठमाडौं । एसिसी यु १९ एसिया कपको खेलमा नेपालले युएईलाई हराएको छ । २८६ रनको लक्ष्य पछ्याएको युएईलाई नेपालले १६० रनले हराएको हो । युएईले ३४.४ ओभरमा १२५ रन बनाउँदा सबै विकेट गुमाएको हो । 

नेपालको बलिङसामु युएईका ब्याट्सम्यान सम्हालिन नसक्दा नेपालले ठूलो अन्तरको जित पाएको हो ।

बलिङमा सागर ढकालले ३ विकेट लिए । यस्तै पवन सर्राफ, सूर्य तामाङले र रसिद खानले २र२ साथै कमल सिंह ऐरीले १ विकेट लिए ।

श्रीलंकाको कटुनाएकेमा भएको खेलमा युएईका सयद हैदरले ४१ बलमा १५ रन, विरित्ते अरविन्दले ३४ बलमा २८ रन, अलिशन सरफुले २६ बलमा २१ रन, ओसामा हसनले २८ बलमा १६ रन बनाए । 

आसिफले ५४ बलमा ४५ रन, रोहितले ८३ बलमा ६७ रन, सन्दीपले ५३ बलमा ४८ रन, रसिदले ४६ बलमा ४४ रन साथै कमलले २५ बलमा ४१ रन बनाए। यस्तै कुशल मल्लले २१ बलमा २२ रन बनाए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

अमेरिका कराँते कपमा हिक्मतले जिते २ स्वर्ण पदक

  • ६ असोज, २०७६

काठमााडौं ।  पूर्वी रुकुम, पुथा उत्तरगङ्गा गाउँपालिका–१० तकसेराका हिक्मत घर्ती मगरले न्यूयोर्कको क्वीन्स कोरोनामा भएको कराँते कपका दुई बिधामा २

इंग्लिस प्रिमियर लिग : लिभरपुलको अपराजित यात्रा कायम

  • ६ असोज, २०७६

एजेन्सी । इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा लिभरपुलले चेल्सीलाई पराजित गरेको छ । चेल्सी घरेलु मैदानमा लिभरपुलसँग २–१ पराजित

रियलले हरायो सेभिल्लालाई

  • ६ असोज, २०७६

एजेन्सी । ला लिगाअन्तर्गत आइतबार राति भएको खेलमा रियलले मड्रिडले सेभिल्लामाथि झिनो जित निकालेको छ ।  सेभिल्लाको घरेलु मैदानमा भएको खेलमा रियललाई