• मंगलबार ५-३१-२०७६/Tuesday 09-17-2019/ 06:18 am

प्रचण्डद्वारा प्रथम प्रकाश स्मृति राष्ट्रिय भलिबल प्रतियोगिताको उद्घाटन

काठमाडौं । प्रथम प्रकाश स्मृति राष्ट्रिय भलिबल प्रतियोगिताको उद्घाटन नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले गरेका छन् । प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । प्रतियोगिता लिग कम नकआउटका आधारमा हुनेछ ।

प्रतियोगिताको विजेताले ५ लाख रुपैया हात पार्ने आयोजकले जनाएको छ । यो पुरुष भलिबलमा अहिलेसम्मकै सर्वाधिक ठुलो पुरस्कार राशी हो । यस्तै दोस्रोले ३ लाख, तेस्रोले १ लाख र चौथोले ५० हजार रुपैया पाउने छन् । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले पल्सर मोटरसाइकल पाउने आयोजकले जनाएको छ । त्यसबाहेक स्पाइकर, ब्लकर, डिफेन्डर, सर्भर र प्रशिक्षकलाई पनि पुरस्कृत गरिने छ ।

उक्त प्रतियोगिता घरेलु भलिबलमा सर्वाधिक पुरस्‍कार राशीको खुल्ला पुरुष भलिबल प्रतियोगिता हो । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

वर्षाका कारण प्रभावित राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनल खेल भोली हुने

  • ३० भदौ, २०७६

काठमाडौं । प्रकाश दाहाल स्मृती राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनल खेल बर्षाका कारण प्रभावित भएको छ । फाइनलमा तेस्रो सेट चलिरहँदा भारी बर्षा

नेपाल क्रिकेट संघको निर्वाचनको नयाँ मिति तय

  • ३० भदौ, २०७६

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय निर्वाचन आगामी असोज १० र ११ गते हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) का प्रतिनिधि

एएफसी फुटबल : नेपालले कुवेतसँग खेल्ने

  • ३० भदौ, २०७६

काठमाडौं । जोर्डनमा जारी एएफसी यू–१६ च्याम्पियनसिप छनोटअन्तर्गत नेपालले आज कुवेतसँग खेल्ने भएको छ । जोर्डनको प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय