• २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024

प्रचण्डद्वारा प्रथम प्रकाश स्मृति राष्ट्रिय भलिबल प्रतियोगिताको उद्घाटन

काठमाडौं । प्रथम प्रकाश स्मृति राष्ट्रिय भलिबल प्रतियोगिताको उद्घाटन नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले गरेका छन् । प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । प्रतियोगिता लिग कम नकआउटका आधारमा हुनेछ ।

प्रतियोगिताको विजेताले ५ लाख रुपैया हात पार्ने आयोजकले जनाएको छ । यो पुरुष भलिबलमा अहिलेसम्मकै सर्वाधिक ठुलो पुरस्कार राशी हो । यस्तै दोस्रोले ३ लाख, तेस्रोले १ लाख र चौथोले ५० हजार रुपैया पाउने छन् । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले पल्सर मोटरसाइकल पाउने आयोजकले जनाएको छ । त्यसबाहेक स्पाइकर, ब्लकर, डिफेन्डर, सर्भर र प्रशिक्षकलाई पनि पुरस्कृत गरिने छ ।

उक्त प्रतियोगिता घरेलु भलिबलमा सर्वाधिक पुरस्‍कार राशीको खुल्ला पुरुष भलिबल प्रतियोगिता हो । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर