• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

एप्पलको एकसाथ तीन आइफोन लञ्च, यस्ता छन् फिचर्स

एजेन्सी । विश्व प्रसिद्ध कम्पनी एप्पलले मंगलबार तीनवटा नयाँ आइफोन ११ सिरिज लञ्च गरेको छ । एप्पलले आइफोन ११ सिरिजको आइफोन र आइप्याडका साथै स्मार्टवाच पनि लञ्च गरेको छ ।

नयाँ आइफोनहरु आइफोन एक्स एस, आइफोन एक्स एस म्याक्स र आइफोन एक्स आरको नयाँ संस्करणको सार्वजनिक गरेको छ । जसअनुसार नयाँ आइफोनको नाम आइफोन ११ प्रो, आइफोन ११ प्रो म्याक्स र आइफोन ११ हुनेछ ।

नयाँ आइफोन ११, आइफोन ११ प्रो र आइफोन ११ प्रो म्याक्सको विशेषता भनेको क्यामेरा हो । यसले एकै पटकमा विभिन्न फम्र्याट (स्लो मोसन सेल्फी, ल्याण्डस्केप सेल्फी)मा भिडियो रेकर्ड गर्न सक्छ ।

यसका साथै टेलिफोटो, अल्ट्रा वाइड र नाइट मोड पनि छ, जसको मदतमा कम प्रकासमा पनि राम्रो गुणस्तरको तस्वीर खिच्न सकिन्छ ।

प्रोसेसर पनि पहिलेको आइफोनमा भन्दा राम्रो छ । अर्थात यो फोन अहिलेकोभन्दा तीव्र गतिमा काम गर्छ ।

क्यालिफोर्नियामा हेडक्वाटरमा भव्य समारोहका बीच एप्पलका सीईओ टिम कुकले एकसाथ तीन मोबाइल लञ्च गरे । आइफोन ११, ११ प्रो र ११ प्रो म्याक्सको मुल्य क्रमशः ६९९, ९९९ र १०९९ डलर छ ।

यो आइफोन वाटर प्रुफ र डस्ट रेसिस्टेन्ट छ । पानी र धुलोले यसलाई कुनै असर नगर्ने एप्पलको दावी छ । मोबाइल स्क्रीनको रिजोल्यूशन ४५८ पीपीआई छ । डिस्प्लेलाई सुपर रेटिना नाम दिइएको छ ।

ब्याट्री बचाउने डार्क मोड, अपरिचित कललाई साइलेन्ट गर्न मिल्ने, टाइप गर्न औँला नउठाइ केबल स्वाइप गर्नुपर्नेलगायतका नयाँ फिचर पनि ल्याएको छ । त्यसैगरी ‘इन टच आइडी सेन्सर’ का लागि चाहिँ अझै अर्को वर्ष कुर्नुपर्ने भनिएको छ । यसैगरी आइफोनमा फाइभ–जी का लागि पनि अझै एक वर्षको समय थपिएको बताइएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर