• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

सादेझ्दा कप फुटबल प्रतियोगिताः उपाधिका लागि नेपाल र उज्वेकिस्तानबीच प्रतिस्पर्धा हुने

काठमाडौँ  । किर्गीस्तानमा जारी सादेझ्दा कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज नेपाल र उज्वेकिस्तानबीच प्रतिस्पर्धा हुदैछ । यो खेल नेपाली समय अनुसार अपरान्ह पौने ४ बजे सुरु हुनेछ । 

दक्षिण एसियाली फुटबलमा लगभग सबै प्रतियोगितामा भारतभन्दा पछाडि रहेर नेपाल उपविजेता बन्दै आएको छ । नेपालले गतवर्ष कोलकातामा सम्पन्न हिरो गोल्डकपमा पहिलो पटक भारतलाई पराजित गर्यो ।

नेपाल उक्त प्रतियोगिताको फाइनलमा पनि प्रवेश गर्यो । तर म्यानमारको चुनौती नेपाललाई भारी पर्यो र नेपाल फेरिपनि उपविजेतामा नै सिमित भयो । नेपालले फेरी अर्को आमन्त्रित अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनल खेल्दैछ ।

नेपाल पहिलो पटक प्रतियोगितामा सहभागी भएर फाइनल पुगेको हो । मंगलबार भएको खेलमा ताजकिस्तानलाई १–० गोलले पराजित गर्दै नेपाली महिला फुटबल टोलीले फाइनलमा स्थान बनाएको हो।

नेपालले पहिलो खेलमा आयोजक किर्गिस्तानलाई ८–२ गोलले पराजित गरेको थियो भने सोमबार भएको आफ्नो दोस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग २–० ले पराजित भएको थियो।

समूह चरणमा उज्वेकिस्तानसँग व्यहोरेको हारको बदला फाइनलमा लिने अवसर नेपालसँग छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर