• मंगलबार ११-१३-२०७६/Tuesday 02-25-2020/ 08:40 pm

वुद्ध एयरले भन्यो,–‘एकै ठाउँ उभिएर विवाद गर्दा बढि वजन भएर विमान ढल्किएको थियो’ (पत्रसहित)

‘मन्त्रीका कारण २४ मिनेट मात्रै ढिला भएको हो’

काठमाडौं । पर्यटनमन्त्री योगेश भट्टराईका कारण उडानमा भएको भनिएको बिषयमा वुद्ध एयरले आफ्नो धारणा सार्वजनिक गरेको छ । वुद्धले सोमबार नागरिक उड्डयन प्राधिकरणलाई पत्र लेख्दै काठमाडौंबाट उडान गर्दा नै ढिला भएको भन्दै उडानमा २४ मिनेट  ढिलाई भएको जानकारी गराएको हो । ७ बुँदे पत्रमा बुद्धले परिमार्जित समय अनुसार २४ मिनेट ढिला भएर ८ बजेर ४ मिनेटमा विमान उडेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार परिमार्जित समय अनुसार नेपालगंजबाट ६ बजेर २५ मिनेटको सट्टा ६ बजेर ४० मिनेटमा उड्नुपर्ने थियो। वुद्ध एयरसँगै यति एयरलाइन्सको विमान ६ बजेर ५३ मिनेट अवतरण गरेर ७ बजेर २१ मिनेटमा उडेको र श्री एयरलाइन्सको विमान ७ बजेर ३० मिनेटमा अवतरण गरेर ७ बजेर ५१ मिनेटमा उडेको कम्पनीले जनाएको छ। मन्त्री विमानस्थलमा प्रवेश गर्नु भन्दा पहिलानै सुरक्षाकर्मीकै अगाडि १४–१५ जना यात्रुहरुसँगको समूहलाई विमान परिचारिकाले वाहिर निस्किन आग्रह गर्दागर्दै आक्रोशित भएर वाहिर निस्किएकाले विमानको उडानमा  ढिला भएको जनाएको छ।

त्यस्तैपत्रमा  ‘६ः५० बजे मन्त्री एयरपोर्ट आइपुगेपछि उत्तेजित समूहले उहाँलाई घेरे, तर उहाँ चुपचाप बिमानमा चढ्नुभयो । उहाँसँगै अन्य यात्रु पनि भित्र पसे । तर, ४–५ मिनेट एकै ठाउँ उभिएर विवाद गर्न थाल्दा एकै भागमा बढि वजन भएर विमान ढल्किएको थियो,’ 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

चिकित्सकहरुले दादागिरी गरे प्रतिकार गर्ने खड्काको चेतावनी 

  • १३ फाल्गुण, २०७६

काठमाडौं । नेपाल जनस्वास्थ्य संघका सचिव तथा हेल्थ असिस्टेन्ट संघ नेपालका वरिष्ठ उपाध्यक्ष दिपेन्द्र खड्काले नवनियुक्त्त स्वास्थ्य सेवा बिभागका

प्रहरी समायोजनको प्रक्रिया प्रारम्भ

  • १३ फाल्गुण, २०७६

चितवन । सरकारले सङ्घीय प्रणालीअनुसार प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने औपचारिक प्रक्रिया शुरु भएको छ । सातै

शिक्षामा निजी र सरकारी क्षेत्रको लगानी आवश्यक छ : मन्त्री त्रिपाठी

  • १३ फाल्गुण, २०७६

परासी । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदेयश त्रिपाठीले शिक्षामा निजी र सरकारी क्षेत्रको लगानी आवश्यक रहेको बताएका छन् । शिक्षा र