रणवीरको खुलासा– दीपीकाको शरीर सबै भन्दा सेक्सी छ

एजेन्सी । बलिउडमा रणवीर सिंहको अभिनयसँगै उनको गफले पनि धेरैको मनलाई जित्ने गरेको छ । आइफा अवार्डमा रणवीर सिंह खिल्जीको अवतारका रूपमा देखिएका थिए । आइफामा उनले लगाएको कपडाको कारण चर्चामा आएका थिए । उनलाई बेस्ट अभिनेताको अवार्ड मिलेको छ ।

उनले अवार्ड प्राप्त गदै गर्दा एक बेस्ट स्ट्याचुको बारेमा खुलासा गरेका छन् ।  आइफामा अभिनेत्री आलिया भट्टलाई फिल्म राजीबाट बेस्ट अभिनेत्रीको अवार्ड मिलेको छ । अवार्ड लिन गएका रणवीर निकै भावुक रुपमा प्रस्तुत भएका थिए । उनले लण्डनको मेडम तुसाद वैक्स म्युजियममा बन्न लागेको स्टेच्युको बारेमा भने –‘मेरो मनले भन्छ तिमीले अझै धेरै मेहेनत गर्नुपर्छ । हामी चाहन्छौ की लण्डनमा तिम्रो पनि बेस्ट स्टेच्यु बनोस् । ’  उनले भने–‘ममी म लण्डन आउँदै छु, तपाईसँग लण्डनमै भेट्नेछु ।’

उनी कुनै पनि कार्यक्रममा आफनो श्रीमती दीपिका पादुकोणको बारेमा प्रशंसा गर्न पछाडी पदैनन् । उनले भने –‘मेरो श्रीमतीको शरीर सबै भन्दा सेक्सी छ । उनको सौन्दर्य र उनको ड्रेस देखेर मलाई पनि धेरै सोच्न बाध्य बनाउँछ । त्यसैले उनको स्टेच्यु बनाउँदा उनको पोज र ड्रेसको बारेमा सोच्न बाँकी छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर