• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

'मेरो काम मुर्छित सपना जगाउनु नै थियो' –प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनमा बिषयमा कोही पनि सत्ता पक्ष र कोही पनि प्रतिपक्ष नरहेको बताएका छन् । संविधान दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा शुक्रबार आयोजित बिशेष समारोहलाई सम्बोधन गर्दै उनले  संविधानका सबालमा सबै बराबर रहेको बताए । कार्यक्रममा प्रधानमन्त्री ओलीले अतिवादी सोच राख्ने शक्तिहरूलाई पनि मूलधारमा आउन आग्रह गरे । प्रधानमन्त्री ओलीले भने, बाटो भुलिरहेका अन्यलाई पनि मूलधारमा आउन ढिला नगर्न आग्रह गर्दछु ।

प्रधानमन्त्री ओलीले आफूले विकास र समृद्धिका लागि मुर्छित सपनामाथि पानी छरेकै हो भन्दै अगाडि भने, ‘मेरो काम मुर्छित सपना जगाउनु नै थियो ।’ प्रधानमन्त्री ओलीले सरकारको कामलाई प्रभावकारी बनाउन प्रधानमन्त्री र मन्त्री तथा मन्त्री र सचिवहरूबीच कार्यसम्पादन सम्झौता गरिएको स्पष्ट पारे । 

उनले टिमुरेमा सुख्खा बन्दरगाह निर्माण अन्तिम चरणमा रहेको, एक वर्षभित्र गौतमबुद्ध विमानस्थल र अर्को वर्ष पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भइसक्ने, धौवादी फलाम  खानी निर्माणसँगै सुरुङ मार्ग, रेल मार्ग हुँदै पानीजहाजको सपना साकार पार्ने दिशामा अघि बढेको पनि बताए । 

ओलीले भने, ‘भन्नकै लागि त भन्न सकिन्छ खै त रेल, खै त पानी जहाज रु कता छ सतह जलमार्गमा मालवाहक सवारी कुदेको रु अझै जोड दिएर सोध्न सकिन्छ( हामीलाई सपना किन देखाएको रु हामीमा आशा किन जगाएको रु’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर