अमेरिकी ड्रोन आक्रमणमा ३० अफगानी किसानको मृत्यु
एजेन्सी । अफगानिस्तानमा रहेका अमेरिकी सुरक्षा बलले पूर्वी प्रान्त नान्गार्हारमा बिहिबार भएको मानवरहित विमान (ड्रोन) कारबाहीमा परी ३० अफगान किसानको मृत्यु भएको स्विकार गरेको छ ।
इस्लामिक स्टेट्स (आइएस) लडाकू समूह लुकेर बसेका स्थानलक्षित गरी आक्रमण गरिएको भनिएको उक्त घटनामा कम्तिमा ४० जना घाइते बनेको अलजजिराले जनाएको छ । यो कारबाही बाजिर ताङगी क्षेत्रमा नेटोआवद्ध सैनिकबाट भएको बताइएको छ ।
आइएस लक्षित यस कारबाहीमा दुर्भाग्यबस सर्वसाधारण परेका प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । यस कारबाहीको विषयमा अनुसन्धान भइरहेको जनाइएको छ ।
केही समयअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र तालिबान नेताहरुबीच भइरहेको गोप्य वार्ता भङ्ग भएको घोषणा गरेयता अफगानिस्तानमा हिंसात्मक घटना बढ्दै गइरहेको छ ।
प्रतिकृया दिनुहोस