• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

बाबुराम भट्टराईको प्रश्न : ‘विदेशी ज्वाईँ आएर देश खाईदिन्छ भनेर किन डराउनुपर्यो ?’

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नागरिकतामा छोरा र छोरीबीच विभेद गर्न नपाईने बताएका छन् । 

समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष समेत रहेका भट्टराईले वैबाहिक अंगीकृत नागरिकता बुहारीलाई तत्काल दिने तर ज्वाईँलाई नदिने नागरिकतासम्बन्धि प्रावधान विभेदपूर्ण भएको भन्दै त्यसलाई हटाउनुपर्ने पार्टीको अडान पनि राखे । 

शुक्रबार काठमाडौंमा आयोजित ‘संविधान संशोधनको अपरिहार्यता र आवश्यक्ता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले विदेशी ज्वाईँले देश भरिन्छ भनेर डराउनुपर्ने अवस्था नरहेको पनि बताए । ‘आफ्नै छोराछोरी विदेशतिर गएर देश खाली हुन लागेको छ,’ भट्टराईको प्रश्न थियो, ‘विदेशी ज्वाईँ आएर देश खाईदिन्छ भनेर किन डराउनु प¥यो ?’ संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा नागरिकता सम्बन्धि विधेयकमा विवाद छ । पूर्व प्रधानमन्त्री भट्टराईले पनि सरकारले प्रस्ताव गरेको विधेयक त्रुटिपूर्ण भएको उल्लेख गर्दै त्यसमा छोरा र छोरीबीच विभेद हुने गरी आएको प्रावधानलाई हटाउनुपर्ने माग गरे ।

भट्टराईले मुलुकलाई समृद्ध बनाउने हो भने जातीय आधारमा पूर्ण समानुपातिक प्रतिनिधित्व हुने गरी व्यवस्थापिका र प्रत्यक्ष कार्यकारी राष्ट्रपति हुने शासकीय व्यवस्था कायम गर्नुपर्ने पनि बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर