• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

यौन दुर्व्यवहार आरोपमा भाजपा नेता चिनमायानन्द पक्राउ

एजेन्सी । युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा भारतमा एक जना पूर्वमन्त्री तथा सत्तारुढ दलका नेतालाई गिरफ्तार गरिएको छ । 
 
भारतीय जनता पार्टीका नेता स्वामी चिनमायानन्दलाई उत्तर प्रदेशकी एक विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा गिरफ्तार गरिएको हो । 

‘चिनमायानन्दलाई उहाँकै घरबाट पक्राउ गरिएको छ, उहाँको स्वास्थ्य अवस्था गम्भीर छ,’ चिनमायानन्दका वकिल पूजा सिंहले भने ।

‘उहाँलाई अहिले चिकित्सकको निगरानीमा राखिएको थियो । म उहाँको वकिल भएपनि मलाई उहाँसँग भेट्न दिइएको छैन ।’

पक्राउ गरेपछि चिनमायानन्दलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको थियो । ‘उहाँलाई नियमितरूपमा स्वास्थ्य परीक्षणका लागि ल्याउने गरिएको छ,’ एक चिकित्सकले भने ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर