गुगल इमेजेजको शुरुवात गराउने कपडा पुन : प्रयोगमा 

तस्विरः बिबीसी

एजेन्सी ।  अमेरिकी गायिका जेनिफर लोपेजले आफ्नो परिचयको रूपमा स्थापित भएको हरियो रङ्गको भर्साचे ब्रान्डको लुगा पुनः प्रयोगमा ल्याएकी छन् ।  त्यही लुगाका तस्बिरबाट गुगल इमेजेजको शुरुवात भएको थियो । 

बीबीसी समाचार अनुसार पचास वर्षीया लोपेजले पहिलो पटक उक्त लामो हरियो रङ्गको गाउन सन् २००० को फेब्रुअरी महिनामा भएको ग्रामी अवार्ड्समा लगाएकी थिइन् ।गुगलका पूर्वकार्यकारी अधिकृत एरिक श्मिटले पछि लोपेजको उक्त तस्बिरको खोजी गुगलमा धेरै भएपछि गुगल इमेजेज थाल्न प्रेरित भएको बताएका छन् । 

भर्साचे ब्रान्डकै आधुनिक ढाँचा दिइएको उक्त लुगा लगाएको यो सामग्रीलाई सामाजिक सञ्जालमा २० लाख पटक भन्दा बढी हेरिएको छ ।जेनिफरले भर्खरै ‘भर्साचे स्प्रिङ २०२०’ नामक प्रदर्शनी इटालीको मिलानमा सकेकी छन् । त्यहाँ उनले सन् २००० को ग्रामीमा लगाएको हरियो रङ्गको लुगाको पुनर्कल्पना गरिएको लुगा लगाएकी थिइन् । 

इटालीको मिलानमा भएको फ्याशन सप्ताहको शुक्रवारको प्रदर्शनीमा लोपेज र उनले सन् २००० मा लगाएको लुगा दुवैको प्रशंसा गरिएको थियो ।गुगल सन् १९९८ मा स्थापना भएको थियो। तर सन् २००१ को जुलाईसम्म गुगलको साइटमा तस्बिर राखिएको थिएन ।

‘सन् २००० मा ग्रामी अवार्ड्स पहिलो पटक स्पष्ट रूपमा देखियो । जेनिफर लोपेजले हरियो रङ्गको लुगा लगाइन, त्यसले विश्वको ध्यान तान्याे । त्यतिबेला हामीले त्यति धेरै खोजी गरिएको अरू देखेकै थिएनौँ ।’ जेनिफर लोपेजले त्यो लुगा लगाएपछि गुगलको तस्बिर खोजी जन्मियो । त्यसछि तस्बिरहरु राख्न थालियो । 


प्रतिकृया दिनुहोस

सम्बन्धित खवर